विराटचोक —नेकपा एमाले निकट महिला संगठन अखिल नेपाल महिला संघ (अनेमसंघ) सुन्दरहरैँचा नगर समितिले तीज विषेश कार्यक्रम गर्ने तयारी गरेको छ ।

अनेमसंघले भदौ १३ गते विहिबार सुन्दरहरैँचा-७ स्थित गोठगाउँको लाली गुराँस सभाहलमा गर्ने भएको हो । कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको अनेमसंघ सुन्दरहरैँचा नगर समितिले जनाएको छ ।

कार्यक्रममा प्रत्येक वडाबाट दुईजना जेष्ठ माताहरुलाई सम्मान,तीजका गीतहरुमा नृत्य,संगिनी नृत्य सहित सामुहिक दर खुवाइने लगायतको कार्यक्रम गरिने अनेमसंघ सुन्दरहरैँचा नगर समितिकी अध्यक्ष संगिता तिम्सिना सापकोटाले जानकारी दिइन ।

बिहान ११  बजेदेखि सुरु हुने कार्यक्रममा अनेमसंघ केन्द्रीय सदस्य तथा सुन्दरहरैँचा नगरपालिकाकी पूर्व उपमेयर धनादेवी तामाङको प्रमुख आतिथ्यता रहने छ ।

कार्यक्रमको निम्न मिति र समयमा सम्पूर्ण महिला दिदीबहिनी तथा पार्टीका नेता कार्यकर्ताहरुलाई उपस्थिति भइ कार्यक्रमको सोभा बढाई दिनुहुन नगर समितिकी सचिव लक्ष्मी मिश्रले अनुरोध गरेकी छन् ।

सुन्दरहरैँचामा कविता शर्माको नेतृत्वमा रहेको अनेमसंघ नगर समितिले बिगतमा पनि तीज विषेश कार्यक्रम,महिलाहरुको हकहित र अधिकारहरु लगायतका कामहरु गर्दै आएको तकालिन  नगर समितिकी सचिव गोमा देउजा कटवालले जानकारी दिइन ।