काठमाडौं—नेकपा एकीकृत समाजवादी काठमाडौं जिल्ला कमिटी उपाध्यक्ष बटुकृष्ण थापा र सचिव ध्रुवराज न्यौपाने लगायतका नेता-कार्यकर्ता नेकपा एमालेमा नै फर्किएका छन् । मंगलबार सो पार्टी परित्याग गरेका नेताहरू आज नेकपा एमालेमा फर्किएका हुन् ।

एमालेमा प्रवेश गर्नुहुनेहरूमा थापा र न्यौपानेसँगै काठमाडौं क्षेत्र नम्बर ७ का संयोजक तथा युवा फाँट इन्चार्ज हरिशरण घिमिरे, जिल्ला कमिटी सचिव तथा तारकेश्वर नगर कमिटी सचिव शिवहरि देवकोटा, कीर्तिपुर नगर कमिटी अध्यक्षरोहित महर्जन,सचिव गृश्म महर्जन, उपसचिव नारायणहरी थापा,जिल्ला सचिवालय सदस्य सुशीला खतिवडा, राजकुमार महर्जन, विजय देवकोटा लगायत रहेका छन् ।

Uml-prabesh-768x447यसैगरी, बूढानीलकण्ठ नगर कमिटी उपाध्यक्ष विष्णु भट्टराई, सचिव विमल लामा, युवा संघ केन्द्रीय सदस्य रामशरण सापकोटा, जिल्ला सचिवालय सदस्य अशोक युवा संघ बूढानीलकण्ठ अध्यक्ष आकाश श्रेष्ठ, भानु रिजाल, केन्द्रीय सदस्य मेघ कुमार न्यौपाने, दीपेश थापा, कृष्णहरी खड्का, कीर्तिपुर नगर कमिटी नेकपा एसका उपसचिव नारायणहरी थापा, महिला संघ जिल्ला उपाध्यक्ष पुष्पा थापा, काठमाडौं क्षेत्र नम्बर ९ का संयोजक तोरण थापा, चन्द्रागिरी नगर अध्यक्ष प्रदीप रिजाल, काठमाडौं क्षेत्र नम्बर १० (ख) को प्रदेश संयोजक तथा जिक सदस्य राजाराम कार्की पनि एमालेमा प्रवेश गरेका छन् ।

Uml-prabesh-Pictures-768x428एमालेमा फर्किएका नेताहरुललाई नेकपा एमाले वाग्मती प्रदेश इञ्चार्ज राजन भट्टराई, काठमाडौं जिल्ला इन्चार्ज आनन्द पोखरेललगायतका नेताहरूले पार्टीमा स्वागत गरेका थिए । सो पार्टीका एक सय बढी नेता कार्यकर्ता नेकपा एमालेमा फर्किएको  एमाले स्थायी कमिटी सदस्य समेत रहनुभएका भट्टराईले जानकारी दिए ।

एकीकृत समाजवादीमा पदाधिकारी र पोलिटब्युरो सदस्य चइन भइरहँदा काठमाडौं अधिकांश नेताहरूले सो पार्टी परित्यागको घोषणा गरेका थिए । एकीकृत समाजवादी पार्टीले विद्रोहको औचित्य पुष्टि गर्न नसकेकोले आफूहरू पुरानै पार्टीमा फर्किएको उनीहरुले बताएका छन्  ।

May be an image of 4 people