पथरी — नेकपा एमालेको महिला संगठन अखिल नेपाल महिला संघ(अनेमसंघ ) पथरिशनिश्चरे नगर कमिटीले तीज विशेष कार्यक्रम सम्पन्न गरेको छ । बुधवार नगर कमिटीले पथरिशनिश्चरे -१ को भुल्के जालपादेवी मन्दिर परिसरमा वन्यजन्तुलाई फलफूल खुवाउनुका साथै वृक्षारोपण गर्दै तीज विशेष कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागी महिला दिदीबहिनीहरुले तीज गीतहरुमा समेत नाचगान गरेर रमाइलो गरिएको अनेमसंघ पथरिशनिश्चरे नगरकमिटीकी अध्यक्ष शारदा बस्नेतले जानकारी दिइन ।
अनेमसंघ केन्द्रीय सदस्य तथा सुन्दरहरैँचा नगरपालिकाकी पूर्वउपमेयर धना तामाङको प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा आँप, लिची,मेवा, केरा, आदि प्रजातिका विरूवाहरू रोपिएको थियो भने वन जंगलमा रहेका वाँदर, चराचुरुङ्गी, समेतलाई केरा लगायत फलफूल खुवाइएकाे थियाे।
सो अवसरमा अनेमसंघ केन्द्रीय सदस्य यमुना विष्ट बास्तोलाले ” शहर बजारमा महिला दिदीबहिनीहरुले मौलिक तीज पर्वलाई दुई महिना अघिदेखि मनाउँदा भड्किलो हुँदै गएकोले नेपाली सांस्कृतिक परम्परा विस्थापित हुँदै औल्याइन । उनले “हाम्रो साझा तीज पर्वलाई विपन्न वर्गका महिलाहरुले यो पर्व मनाउन समस्या उत्पन्न हुँदै गएको ” उल्लेख गरिन ।
कार्यक्रममा नेकपा एमाले पथरिशनिश्चरे नगर ईन्चार्ज दिलिपकुमार राई, जिल्ला कमिटीका सदस्यहरु भगतचन्द्र थपलिया,बाबुराम एङ्देन,नगरकमिटीका अध्यक्ष रमेश दहाल,वडा नम्बर -१ का वडा अध्यक्ष भीमकुमार राई,वडा नम्बर -८ का वडा अध्यक्ष नवीनजंग कार्की,अनेमसंघका प्रदेश, जिल्ला र नगर कमिटीका पदाधिकारी लगायतको बाक्लो उपस्थिति रहेको थियो।
कार्यक्रम अनेमसंघ नगरकमिटीकी अध्यक्ष शारदा बस्नेतको अध्यक्षतामा सम्पन्न भएको थियो ।




















