काठमाडौं —अमेरिकामा नेपाली युवती मुना पाण्डेको हत्यामा संलग्न रहेको आरोपमा पक्राउ परेका व्यक्तिको पहिचान खुलेको छ । ह्युस्टन प्रहरीका अनुसार पाण्डेको हत्या आरोपमा पक्राउ परेका व्यक्ति ५३ वर्षीय बब्बी सिंह शाह हुन् ।
न्युयोर्कबाट सञ्चालित नेपाली अनलाइन खसोखासमा उल्लेख भएअनुसार शाहविरुद्ध हत्या अभियोग दर्ता गरिएको छ । लुटपाटका क्रममा घातक हतियारको प्रयोग गरी आयशयुक्त तरिकाले पाण्डेको गोली हानी हत्या गरेको अदालती कागजातमा भनिएको छ ।
शाहलाई बुधबार बेलुका ८ बजे लगत्तै उत्तरपश्चिम ह्युस्टन ट्राफिक स्टपमा पक्राउ गरिएको थियो । टेक्सासको ह्युस्टनस्थित अपार्टमेन्टमा पाण्डे गोली हानेर मारिएको अवस्थमा फेला परेकी थिइन् ।
नेपालमा भोजपुर घर भएकी पाण्डे सन् २०२१ मा अध्ययनका लागि अमेरिका पुगेकी थिइन् ।




















