• दुर्गाप्रसाद खरेल 

विराटचोक — सामाजिक क्षेत्रमा उत्कृष्ट कामहरु गर्दै आएको आप्रवासी महिला कामदारहरुको संस्था आमकास नेपाल मोरङले पाँचौ वार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रम  सम्पन्न गरेको छ । संस्थाले शनिबार सुन्दरहरैँचा ८ स्थित शिक्षा निकेतन माविको सभाहलमा विभिन्न कार्यक्रमहरु गर्दै भब्यताका साथ कार्यक्रम सम्पन्न गरेको हो।

कार्य्रक्रममा वार्षिक तथा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी अध्यक्ष उमादेवी सेढाईले संस्थाको प्रमूख उदेश्य आप्रवासी महिला कामदारहरुको हकहितकालागि गतिविधिहरु सुचारु, महिला शोषण विरुद्धको अभियान सञ्चालन,महिला सशक्तिकरणका कार्यक्रम सुचारु गर्ने भएपनि धेरै चुनौतिहरु देखा परिरहेको कुरा व्यक्त गरीन । उनले सबै चुनौतिहरुको सामना गर्दै सस्थाको लक्ष्य  र उद्देश्य प्राप्तका लागि प्रतिवद्दरहेको बताइन ।

WhatsApp Image 2024-08-31 at 17.55.06_2d40a3b7अध्यक्ष सेडाईले २०८० / ०८१ को अनुमानित आय र प्रस्तावित खर्च विवरण प्रस्तुत गरेकी थिइन् । जसमा आम्दानि तर्फ पाँच लाख दुई हजार सातसय र खर्च तर्फ पाँच लाख बाउन्न हजार छ सय पचास रुपया रहेको छ  ।

संस्थाले कम आम्दानि गरे पनि समाजिक कामहरु भने धेरै गरेको देखिएको छ । जसमा आर्थिक वर्ष २०८० / ०८१ चलिरहेको बेला हालसम्म मानव वेच विखन विरुद्द शशक्तिकरण,रोकथाम र सुरक्षित सम्वन्धि जनचेतना कार्यक्रम ,सुरक्षित अप्रवासको प्रवर्दन,फोकस ग्रुप डिस्कसन,घरेलु श्रम मर्यादित श्रम बारे अन्तरक्रिया ,उज्वल सपना कार्यक्रम,चौथो वार्षिक साधारण सभा तथा तीज मिलन कार्यक्रम,विभिन्न क्षेत्रमा आर्थिक सहयोग,तालिमहरु,लैगिक हिँसा विरुद्द १६ दिने अभियान,अन्तराष्ट्रिय श्रमिक महिला दिवसमा गोलमेच कार्यक्रम,अन्तराष्ट्रिय मजदुर दिवसमा कार्यशाला गोष्ठी,नौमति वाजा सम्वन्धि १५ दिने तालिम,अटिजम सम्वन्धि सचेतना कार्यक्रम,साझेदारी रिफ्रेसमेन्ट लगायतका दुई दर्जन भन्दा बढी सामाजिक कार्यहरु सम्पन्न गरेको छ । 

WhatsApp Image 2024-08-31 at 17.55.05_624b9a1dकार्यक्रममा प्रमुख अतिथि सुन्दरहरैँचा वडा नम्बर ८ की जनप्रतिनिधि कुमादेवी दाहाल,विशिष्ठ अतिथि निवर्तमान कार्यपालिका सदस्य उर्मिला शर्मा रिजाल, महिला सेवा समाजकी अध्यक्ष मन्जु रेग्मी,शिक्षा निकेतन माविका सहायक प्रध्यानाध्यापक गणेश प्रसाद पोखरेल लगायतले संस्थाले गरेको कार्यक्रमहरुको उच्च प्रशंसा गर्दै तीजको शुभकामना समेत दिएका थिए । 

कार्यक्रममा संस्थाको सल्हाकार योगेन्द्र ढकाल  संस्थाका सदस्यहरु लगायत सयजना भन्दा बढी महिलाहरुको उपस्थिति  रहेको थियो ।  संस्थाकी अध्यक्ष उमादेवी सेढाईको अध्यक्षता सम्मन्न भएको कार्यक्रममा उपाध्यक्ष  राधिका खतिवडा ढकालले स्वागत मन्तव्य गरेकी थिइन भने सचिव ईन्दिरा प्रसाईले कार्यक्रम संचालन गरेकी थिइन । संस्थाको वार्षिक साधारण सभा सम्पन्नपछि सहभागीहरुलाई दर खुवाइ तीजको गीतहरुमा नाचगान गरी रमाइलो गरिएको थियो ।