विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका- ५ मा तीज विषेश कार्यक्रम सम्पन्न भएको छ । शुक्रवार वडा कार्यालयलले आफ्नो नवनिर्मित भवनको प्राङगणमा कार्यक्रम गरेको हो ।
कार्यक्रममा सहभागीहरुलाई तीजको दरखुवाउने र सास्कृतिक कार्यक्रम समेत भएको समाजसेवी विशाल गुरागाईंले जानकारी दिए ।
कोशि प्रदेशका सांसद शिला दीक्षित कार्की प्रमुख आतिथ्यतामा सम्पन्न भएको कार्यक्रममा कलाकारहरू बालकृष्ण सिग्देल,दुर्गा पराजुली र यमूना पराजुलीले तीजको गीत गाएर रमाइलो माहौल बनाएका थिए ।

कार्यक्रममा सुन्दरहरैँचा नगरपालिकाका प्राविधिक खड्ग बस्ने,महिला समाजसेवी संगिता तिम्सिना सापकोटा, राजनीतिक दल,संघ संस्थाका प्रतिनिधिहरु लागायत सय जना भन्दा बढी स्थानीय महिलाहरुको उपस्थिति रहेको थियो ।
कार्यक्रममा कार्यवाहक वडाध्यक्ष श्याम खनालले तीज पर्वको बारेमा चर्चा गर्दै शुभकामना मन्तव्य व्याक्त गरेका थिए ।
वडा सदस्य ईन्दिरा चापागाई घिमिरेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा वड़ा सदस्य रोशनी परियारले स्वागत मन्तव्य गरेकी थिइन् भने समाजसेवी बाबा बस्नेत कार्कीले कार्यक्रम संचालन गरेकी थिइन् ।
नेपाली नारीहरुको महान पर्व उक्त तीज कार्यक्रम मनाउन वडाको सर्वदलीय बैठकले मनाउने निर्णय गरेको थियो ।





















