एजेन्सी — भारतको उत्तर प्रदेशको गाजियाबादबाट एउटा लज्जास्पद घटना बाहिर आएको छ । जहाँ एक जुस बिक्रेताले पिसाब मिसाएर जुस बेच्ने गरेका छन। हाल उजुरीपछि अभियुक्त जुस बिक्रेता र उनका १५ वर्षीय छोरालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीले यस विषयमा अनुसन्धान गरिरहेको छ ।
यस सम्बन्धमा जानकारी दिँदै प्रहरीले जुस बिक्रेतालाई शुक्रबार पक्राउ गरेको र उनका १५ वर्षीय छोरालाई पनि नियन्त्रणमा लिएको जनाएको छ । यो मामला कथित रूपमा ग्राहकहरूलाई पिसाबमा मिसाएर फलफूलको रस दिनेसँग सम्बन्धित छ। जुस बिक्रेताले फलफूलको जुस मानव पिसाब मिसाएर ग्राहकलाई खुवाएको भन्दै सर्वसाधारणले उजुरी गरेपछि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
स्टलबाट पिसाबले भरिएको क्यान्टर बरामद
एसीपी अंकुर विहार भास्कर वर्माले शुक्रबार भने कि आरोपी आमिरको रूपमा पहिचान गरिएको छ। सूचना पाएपछि प्रहरी घटनास्थलमा पुगेर उनको जुस पसलमा खोजी गरेको थियो । जहाँबाट पिसाब भरिएको प्लाष्टिक पनि बरामद भएको छ । पिसाब भरिएको कन्टेनरबारे सोधपुछ गरे पनि चित्तबुझ्दो जवाफ दिन नसकेको प्रहरीले जनाएको छ ।
उक्त मुद्दामा जुस बिक्रेताका छोरालाई पनि नियन्त्रणमा लिइएको वर्माले बताए । केही दिनदेखि ग्राहकले जुस बिक्रेताविरुद्ध गुनासो गर्दै आएका थिए । त्यसपछि प्रहरी टोलीले यो कारबाही गरेको हो । हाल यस विषयमा थप कारबाही भइरहेको छ ।




















