विराटचोक — एन प्याब्सनको मोरङ जिल्ला स्तरीय जुनियर वक्तृत्वकला प्रतियोगितामा सुन्दरहरैँचा नगरपालिका-१० मा रहेको हिमालय इङ्लिस स्कुल प्रथम भएको छ । शनिबार उर्लाबारीमा भएको प्रतियोगितामा हिमालय इङ्लिस स्कुलले १५ ओटा स्कुलका प्रतिस्पर्धीलाई पछि पार्दै प्रथम स्थान हासिल गरेको हो  । 

प्रतियोगितामा हिमालय इङ्लिस स्कुलमा ५ मा अध्यनरत आदर्श बस्नेत जुनियर तर्फ  प्रथम घोषित भएका छन् भने  सोही स्कुलकी  कक्षा ६ मा अध्यनरत छात्रा शिक्षा खनाल  सिनियर तर्फ  सान्त्वना भएकी छिन् ।

शनिवार भएको प्रतियोगितामा पथरीशनिश्चरे को चिनारी स्कुल द्वितीय र बेलाबरीको  माइल्स्टोन स्कुल तेस्रो भएका छन् । प्रतियोगितामा पहिलो, दोस्रो, तेस्रो तथा सान्त्वना स्थान प्राप्त गर्ने प्रतियोगीहरूलाई ट्रफी, पदक र प्रमाण प्रत्र प्रदान गरिएको  एन प्यावसन मोरङका अध्यक्ष नारायण प्रसाद ढकालले जानकारी दिए । 

उक्त कार्यक्रममा जङ्कफुडको र सोशल मिडिया विषयमा आफ्नो वक्तित्वकला गरिएको एन प्यावसन उक्त कार्यक्रममा जङ्कफुडको र सोशल मिडिया विषयमा आफ्नो वक्तित्वकला प्रतियोगिता गरिएको एन प्यावसन कोशी प्रदेशका सह-सचिव कमल खनालले  जानकारी दिए ।

कार्यक्रममा उर्लाबारी नगरपालिकाकी उपमेयर मिना खतिवडा पौडेलको प्रमुख आतिथ्यता रहेको थियो ।