- दुर्गाप्रसाद खरेल
विराटचोक — मोरङको सुन्दरहरैँचामा ४ दिने आधारभूत पत्रकारिता तालिम सम्पन्न भएको छ । सुन्दरहरैँचा नगरपालिकाको सहयोग र सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टर प्रालि को आयोजनामा भएको तालिम सोमवार सम्पन्न भएको हो ।
सुन्दरहरैँचा-१२ स्थित सिद्धेश्वर मन्दिरको सभाहलमा भदौ २८ गते देखि सुरु भएको तालिममा सुन्दरहरैँचा नगरका २५ जनाले तालिम लिएको सगरमाथा स्किल एण्ड कम्युनिकेशन सेन्टरका अध्यक्ष बद्री अर्यालले जानकारी दिए । प्रत्येक वडाको एकएक सत्यतथ्य खबर सुन्दरहरैँचाभरीका जनताहरुले थाहा पाउन सकुन् भन्ने उद्देश्यका साथ तालिम सञ्चालन गरिएको संस्थाका अध्यक्ष अर्यालले बताए ।
उक्त तालिमको समापन कार्यक्रममा बोल्दै सुन्दरहरैँचा नगरपालिकाका मेयर केदारप्रसाद गुरागाईंले सुन्दरहरैँचा कै हकमा नगपालिकाको सहयोगमा पहिलो पटक पत्रकारिता तालिम प्रदान गरिएको कुरा व्यक्त गरे । उनले हचुवाको तालमा मोवाइल फोनको दुरुपयोग गरेर फोटो तथा स्टाटस पोस्ट गर्नु भन्दा यसरी नै पत्रकारीताको ज्ञान लिएर सहि तरिकाले सदुपयोग गर्न सके जनप्रतिनिधि लगायत जनताहरुलाई सचेत बनाउन् सकिने कुरामा जोड दिए ।
मेयर गुरागाईंले प्रशिक्षार्थी पत्रकारहरुलाई तालिममा लिएको ज्ञानलाई व्यावहारमा उतार्न पनि अनुरोध गरे ।
चौथो दिनको तालिम चलिरहेको अवसरमा नेकपा एमालेका केन्द्रीय सल्हाकार विनोद ढकालले प्रशिक्षार्थीहरुलाई हौसला प्रदान गर्दै शुभकामना दिएका थिए । त्यसपछि नेता ढकालसंग प्रशिक्षार्थीहरुले सामुहिक तस्विर पनि खिचेका थिए ।
उक्त तालिमको पहिलो दिन नेपाल पत्रकार महासंघ मोरङका पूर्व अध्यक्ष महेन्द्र विष्ट, दोस्रो दिन नेपाल पत्रकार महासंघ कोशी प्रदेशका सचिव देवेन्द्र कार्की, तेस्रो दिन पत्रकार महासंघ मोरङका सचिव नेत्र पी. अधिकारी र चौथो दिनमा वरिष्ठ पत्रकार यज्ञ शर्माले सहजिकरण गरेका थिए । तालिममा पत्रकारिता संगै उदघोषण गर्न पनि सिकाइएको थियो ।
तालिमका सहभागीहरुलाई समापन कार्यक्रमका प्रमुख अतिथि मेयर केदारप्रसाद गुरागाईं, विशिष्ठ अतिथि नगरपालिका प्रवक्ता रोशन प्रसाद ढकाल, प्रमुख प्रशिक्षक तथा वरिष्ठ पत्रकार यज्ञ शर्मा, पुराना पत्रकार तथा नेकपा एमाले मोरङका प्रचार विभाग प्रमुख सन्तोष वान्तवा, सुन्दरहरैँचा-९ की जनप्रतिनिधि शारदा गदाइलीको हातबाट प्रमाण पत्र वितरण गरिएको संस्थाका प्रवन्ध निर्देशक करण चौहानले जानकारी दिए ।
संस्थाका अध्यक्ष बद्री आर्यालको अध्यक्षतामा भएको तालिमको समापन कार्यक्रमलाइ प्रशिक्षार्थीहरुले संचालन गरेका थिए । जसमा प्रशिक्षार्थी सिता दाहाल बुढाथोकीले स्वागत मन्तव्य गरेकी थिइन् भने ज्ञानेन्द्र अधिकारीले कार्यक्रम संचालन गरेका थिए ।
यी हुन् तालिममा सहभागी प्रशिक्षार्थीहरु :
सिता दाहाल बुढाथोकी,सृष्टि तामाङ, विमला घलान, सुमन पाण्डे, लक्ष्मी मिश्र, कमला वि.क, ज्ञानेन्द्र अधिकारी, निर्मला ढकाल घिमिरे , याेग्यविक्रम लिम्बु, दुर्गाबहादुर प्रधान, मिना श्रेष्ठ, प्रतिक श्रेष्ठ, स्मृती शिवाकाेटी, विशाल गुरागाईं, माेहनप्रसाद ढकाल, रविनकृष्ण कटुवाल, लक्ष्मीप्रसाद सिग्देल, शर्मिला घिमिरे सुवेदी ,भगवती बस्नेत, गंगा सुवेदी,रोशन कटुवाल लागायत























