काठमाडौं —भारतको नयाँ दिल्लीस्थित दक्षिण एशियाली विश्वविद्यालयमा विविध कार्यक्रमको आयोजना गरी नेपाली संविधान दिवस मनाइएको छ। सार्क देशका विद्यार्थीहरु अध्ययनरत दक्षिण एशियाली विश्वविद्यालयमा यस वर्षदेखि औपचारिक कार्यक्रम गरी  नेपाली संविधानदिवस मनाउन सुरु गरिएको हो । 

नेपालको झण्डा फहराएपछि औपचारिक रुपमा शुरु भएको कार्यक्रममा विश्वविद्यालयका प्राध्यापक डा.युवराज पोख्रेलले देशमा लागू भएको संविधानको संक्षिप्त परिचय दिनुभएको थियो ।

नियोग उपप्रमुख डा. सुरेन्द्र थापाले विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी, प्राध्यापक, र गैर-शिक्षण स्टाफलाई संविधान दिवसको शुभकामना दिँदै विश्वविद्यालयलाई नेपालकाे राष्ट्रिय दिवस मनाउन सुरु गरेकोमा धन्यवाद ज्ञापन गरे।

diwas-mk-1कार्यक्रममा दिल्लीस्थित विश्वविद्यालयका अध्यक्ष डा. केके अग्रवाल, र अन्य विशिष्ट अतिथिहरूको उपस्थिति रहेको थियो । अध्यक्ष डा. अग्रवालले दक्षिण एशियाली विश्वविद्यालयमा पहिलोपटक कुनै देशको राष्ट्रिय दिवस यसरी औपचारिक रूपमा मनाएको जानकारी दिए। नेपाली विद्यार्थीको सिफारिसपछि यस दिवसलाई विश्वविद्यालय स्तरमा मनाउने निर्णय गरिएको पनि उनले उल्लेख गरे।

सार्क देशका विद्यार्थीहरु अध्ययनरत विश्वविद्यालयमा भएको समारोहमा नेपालसहित भारत, भूटान, र बंगलादेशका विद्यार्थीहरूले आफ्ना देशका सांस्कृतिक प्रस्तुति दिएका थिए।