अश्गाबात, तुर्कमेनिस्तान — प्रधानमन्त्री केपी शर्मा ओलीसँग संयुक्त राष्ट्रसङ्घका उपमहासचिव तथा अतिकम विकसित, भूपरिवेष्टित विकासशील र साना टापु विकासशील मुलुकका लागि उच्च प्रतिनिधि रबाब फातिमाले बुधबार शिष्टाचार भेट गरेकी छन्।

भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसङ्घीय सम्मेलनमा सहभागी हुन पुगेकी फातिमाले प्रधानमन्त्री ओलीसँग नेपालको विकासको एजेन्डाबारे छलफल गरेकी हुन्। भेटका क्रममा सन् २०२६ मा नेपाललाई विकासशील मुलुकमा स्तरोन्नतिका लागि गर्नुपर्ने तयारीमा गति दिने विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमालले जानकारी दिए।

संयुक्त राष्ट्रसङ्घका लागि नेपालको स्थायी प्रतिनिधि लोकबहादुर थापा, परराष्ट्र सचिव अमृतबहादुर राई र अन्य अधिकारीहरु समेत भेटमा सहभागी थिए।