विराटचोक — मोरङको बेलबारीबाट बिगत १० बर्षदेखि निरन्तर प्रकाशित हुँदै आएको बेतना दैनिकले जिम्मेवारीमा हेरफेर गरिएको छ । बिहिबार र शुक्रबार बसेको सञ्चालक समितिको बैठकले अध्यक्षमा राजकुमार लिम्बु चयन गरेको छ । उनी यसअघि पत्रिकाको प्रधान सम्पादकका रुपमा रहेका थिए ।
पत्रिकाको संस्थापक रहेका सम्पादक तथा प्रकाशक रहेका नरेन्द्र बस्नेतलाई प्रधान सम्पादकको जिम्मेवारी तोकिएको छ । यसैगरी पत्रिकाका प्रबन्धक रहेका ऐश्वर्यप्रसाद आचार्य (बिपिन) सम्पादकमा नियुत्त भएका छन ।
पत्रिका सञ्चालन गर्ने जिम्मा लिएको ग्रुपको सचिबमा कुलप्रसाद बराल सदस्यहरुमा ललितबहादुर श्रेष्ठ,गोपाल थापा,खडगबहादुर श्रेष्ठ (साने) मणिसुन्दर थापा,दुर्गा चौलागाँई,कर्ण राई लगायत रहेका छन । सो समुहले पत्रिका सँगै डिजिटल मिडियालाई समेत सँगसँगै लिएर जाने तयारी गरेको नबनियुत्त सम्पादक आचर्यले जानकारी दिएका छन ।
बेतना दैनिक
प्रेस काउन्सिलद्वारा ‘क’ वर्गमा वर्गीकृत भएको बेतना दैनिक आगामी दिनमा बेतना मिडिया ग्रुप (बिएमजी) मार्फत प्रकाशन गर्ने निर्णय समेत गरेको सम्पादक आचर्यले जानकारी दिए ।




















