विराटचोक —मोरङको सुन्दरहरैंचा नगरपालिकाले असोज ९ गते बुधवार सार्वजनिक विदा दिएको छ । नेपाली थारु महिलाहरूले मनाउने जितिया पर्वको उपलक्ष्यमा नगरपालिकाले सार्वजनिक विदा दिएको हो ।

नगरपालिकाका  प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले मंगलबार एक सूचना प्रकशित गर्दै यस नगर भित्र बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विविधता रहेको तथा नगरपालिका क्षेत्रभित्र थारु समुदायको मुख्य बसोबास रहेको हुँदा उक्त पर्वको उपलक्ष्यमा सार्वजनिक विदा दिइएको जनाएका छन् ।

सूचना मा १ दिन यस नगरपालिका क्षेत्रभित्रका सम्पूर्ण सार्वजनिक कार्यालय, शैक्षिक संस्था र संघसंस्थाहरूमा सार्वजनिक विदा दिने उल्लेख छ । उक्त निर्णय  नगर प्रमुख स्तरीय निर्णय भएको हो ।

यस्तो छ सूचना :

461205772_568926178904004_4624514808202125132_n (1) 1