विराटचोक — मोरङको सुन्दरहरैँचा नगरपालिका-५ स्थित सुन्दरपुर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको निर्वाचनमा नेकपा एमाले र जनता समाजवादीले संयुक्त प्यानल बनाइ उम्मेदवार घोषणा गरेका छन् । मगलवार तीनपैनीमा भएको दुबै पार्टीको छलफलले एमालेका अरुण सुवेदीको नेतृत्वमा संयुक्त प्यानल खडा गरेको हो ।
यही असोज १५ गते सम्पन्न हुने उक्त निर्वाचनमा उपाध्यक्षमा लक्ष्मीप्रसाद सिग्देल,सचिवमा शंकर देवान,कोषाध्यक्षमा चिरञ्जिवी रेग्मी रहेका छन् । सदस्यहरुमा मीना तामाङ,गोकुल भट्टराई,चम्पा लिम्बू (राई),तिर्थराज श्रेष्ठ,सीता कटुवाल रहेका छन् । त्यसैगरी लेखा सुपरीवेक्षण समितिको संयोजकमा परशुराम घिमिरे,सदस्यमा भोगेन्द्र राई र तेजनारायण चौधरी रहेका छन् ।
उक्त छफलमा एमाले मोरङका अध्यक्ष बाबुराम कार्की,उपसचिव सोम थापा,प्रदेश कमिटीका पूर्वसदस्यहरु पीतकुमार श्रेष्ठ,लक्ष्मी फुयाल,ज्ञानेन्द्र ओझालगायत जिल्लाका नेता कार्यकर्ता र जसपाका प्रदेश उपाध्यक्ष केशरमान गुरुङ लगायतका नेता कार्यकर्ताहरुको उपस्थिति रहेको एमाले सुन्दरहरैंचा ५ न. वडा कमिटीका अध्यक्ष विशाल गुरागाईंले जानकारी दिए ।
उक्त समितिमा सुन्दरहरैंचाका ५ र ६ गरी दुईवटा वाडाका गरी एक हजार भन्दा बढी मतदाता रहेका छन् । एमालेको राम्रो पकड रहेको सो क्षेत्रमा जसपा सहितको संयुक्त प्यानल बनेपछि निर्वाचनमा जित्ने सम्भावना बलियो बनेको एक उपभोक्ताले बताए । संस्थाकाे साधारणसभा १० गते राखिएको छ ।




















