इटहरी  — सुनसरीको इटहरीमा रहेको  यातायात व्यवस्था कार्यालय  परिसरमा बुधवार प्रहरीले छापा मारेको छ । कार्यालय बाहिरबाट बिचौलियाले अत्यधिक दुख दिने गरेको गुनासो आए पछि सुनसरीका प्रमुख जिल्ला अधिकारी सहितको टोलीले यातायात कार्यालयमा छापा मारेको हो । 

सेवा लिन आउने ग्राहकसँग बढी पैसा असुल्ने र कार्यालयका महत्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारी एक जना नक्कली डाक्टरसहित १७ जना बिचौलियालाइ पक्राउ गरेको हो ।   

 पक्राउ पर्नेमा यातायात कार्यालय बाहिर फोटोकपी लगायतका पसल थापेर बस्ने बिचौलियाहरू रहेको इटहरीका डीएसपी टेकबहादुर कार्कीले जानकारी दिए । पक्राउ १७ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको डीएसपी कार्कीले भने ।

461135635_834653352178215_5173158832151253133_n