विराटचोक — मोरङको सुन्दरहरैँचा -९ स्थित जनचेतना सामुदायिक वन उपभोक्ता समूहको अठारौँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। बुधबार सुन्दरहरैँचा उद्योग वाणिज्य संघको सभाहलमा भएको साधारणसभामा उपभोक्ता समूहका अध्यक्ष सीताराम पाण्डेले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन प्रस्तुत गरे । आर्थिक प्रतिवेदन लेखा समितिको सोमराज गुरागाईंले गरेका थिए  ।

सुन्दरहरैँचा- ९ का वडाध्यक्ष प्रकाश श्रेष्ठको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा सब-डिभिजन वन कार्यालय सलकपुरका प्रमुख गोपाल दहाल,प्रदेश वन महासंघका सदस्य अग्नि पौडेल,लगायत समूहको संथापक अध्यक्ष एवं सल्लाहकार संयोजक राजकुमार कार्की  लागायत ५१ टोली प्रमुखको सहभागिता रहेको थियो ।

समूहका अध्यक्ष सीताराम पाण्डेको अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रममा स्वागत मन्तव्य सचिव लक्ष्मी सुवेदीले गरेकी थिइन् भने जानुका निरौलाले कार्यक्रम संचालन गरेकी थिइन् ।

Untitled-4 (3) 4