काठमाण्डौं — ट्याक्सी चालक अमर सुनुवारकी क्यान्सर पीडित श्रीमति लक्ष्मी सुनुवारको उपचारका लागि नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट मिटर ट्याक्सी इकाई कमिटीले १ लाख ६० हजार ५ सय ६५ रुपैया सहयोग गरेको छ । 

शुक्रबार संगठनको कार्यालय एयरपोर्टमा एक कार्यक्रमको आयोजना गरि चालक अमर सुनुवारलाई उक्त रकम हस्तान्तरण गरिएको हो । बा २ ज १९२३ का टेयाक्सी चालक सुनवार नेपाल यातायात स्वतन्त्र मजदुर संगठन एयरपोर्ट ट्याक्सी इकाईका सदस्य हुन् । उनकी श्रीमतिलाई करिव ५ महिनादेखि छाती (ब्रेस्ट) मा क्यान्सर देखिएको थियो । 

सुनुवारलाई संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले रकम हस्तान्तरण गर्नुभयो । हाल लक्ष्मीको भक्तपुरस्थित क्यान्सर अस्पतालमा उपचार भइरहेकोछ । वहाँको उपचारमा सहयोग गर्न संगठनले अभियान सञ्चालन गरिएपछि एयरपोर्टमा काम गर्ने ट्याक्सी चालकहरुको सहयोगमा उक्त परिणामको रकम संकलन गरिएको हो । 

सहयोग रकम ग्रहण गर्दै अमर सुनुवारले आफ्नो परिवार नै संगठन भएको महसुुस भएको बताउनुहुँदै सहयोगाका लागि धन्यवाद दिनुभएकोछ । 

उपचारका लागि थप सहयोग चाहिए संगठन तयार रहेको संगठनका इकाई अध्यक्ष दिलबहादुर शाक्यले बताउनुभयो ।