काठमाण्डौं — नेपाल यातायात स्वतन्त्र मजदुर संगठन बाग्मती प्रदेश कमिटीले दशैं शुभकामना तथा उपहार कार्यक्रममा चालक सुनिल नेपालीलाई प्रथम पुरस्कार ल्यापटप परेको छ । लगनखेल रत्नपार्क रुटमा चल्ने बा २ ख २६७७ नम्बरका माइक्रो बसका चालक नेपालीलाई ल्यापटप परेको हो । 

Untitled-8 (3)त्यस्तै बम्पर उपहारका तीनजनालाई खसी उपहार परेकोछ, खसी उपहार पाउनेहरुमा एयरपोर्टका पर्यटक ट्याक्सी चालक नरेन खड्गी, काठमाण्डौं मेरिडियन स्कुलका शिक्षक मनोज लामा र बुढानिलकण्ठका नाइ मजदुर चन्द्रकान्त ठाकुर रहेकाछन् । 

दोस्रो उपहार मोवाइल भने ठानकोट रत्नपार्क रुटका चालक देवकृष्ण महर्जनले प्राप्त गरेकाछन् । घटस्थापनाका दिन कोटेश्वरमा सञ्चालन गरिएको उपहार कार्यक्रममा प्रथम, दोस्रो, तेस्रो, चौथो, पाँचौँ, सान्त्वना र तीनवटा बम्पर उपहार सहित १ सय ६७ वटा उपहारहरु प्रदान गरिएको हो । 

शनिबार प्रथम उपहार विजेता नेपाली र बम्पर उपहार विजेता लामालाई संगठनको कार्यालयमा र अर्का बम्पर उपहार विजेता खड्गीलाई एयरपोर्ट पार्किङ स्थलमै संगठनका केन्द्रीय अध्यक्ष भीमज्वाला राईले उपहार हस्तारन्तरण गर्नु भएको थियो ।  

संगठनले प्रत्येक वर्षको दशैंका समय संगठनका सदस्यहरुका लागि शुभकामना आदान प्रदान र रमाइलोका लागि उपहार कार्यक्रम सञ्चालन गर्दै आइरहेको छ । यस वर्ष एक जनालाई ल्यापटप, एक जनालाई मोबाइल, एक जनालाई राइस कुकर, एक जनालाई प्रेसर कुकर, दश जनालाई आइरन र १ सय ५० जनालाई भित्ते घडी उपहार वितरण गरिएको छ ।

Untitled-8 (4)