बेलबारी — नेकपा एमाले निकट राष्ट्रिय जनसांस्कृतिक महासंघ मोरङको अध्यक्षमा नवराज भट्टराई चयन भएका छन् । शनिबार बेलबारी स्थित पुष्पमदनमनमोहनजीवरत्न स्मृति केन्द्रको भवनमा भएको महासंघ मोरङको दसौँ जिल्ला सम्मेलनले उर्लाबारीका साहित्यकार तथा नृत्यकार भट्टराईको अध्यक्षतामा १६ सदस्यीय जिल्ला समितिको चयन गरेको हो ।
समितिको उपाध्यक्षमा विराटनगरका चलचित्रकर्मी सन्तोष सरकार, महिला उपाध्यक्ष उर्लाबारीकी गायिका मनु तामाङ, सचिव सुन्दरहरैँचाकी साहित्यकार उर्मिला शर्मा रिजाल, कोषाध्यक्ष बेलबारीका चलचित्र तथा नृत्यनिर्देशक उपेन्द्र राई तथा सहसचिव कानेपोखरीका सङ्गीतकर्मी एबिन्द्र पाठक निर्वाचित भएका छन् । सदस्यहरूमा बेलबारीका गायिका कविता लिम्बू र साहित्यकार शिव पराजुली, कानेपोखरीका नाट्यकर्मी देवराज राई र साहित्यकार सम्झना घिमिरे, रतुवामाईका सङ्गीतकर्मी प्रयास राई, विराटनगरका चलचित्र कलाकार कल्पना पाण्डे र नाट्यकर्मी मिना श्रेष्ठ, केराबारीका साहित्यकार नवीन थापा तथा लेटाङका साहित्यकार गणेश दवाडी र मूर्तिकार ओमप्रकाश विक चयन भएका छन् ।
- दशैं नजिकिदैँ छ,व्यापारको अवस्थाको कस्तो छ ? के भन्छन सुन्दरहरैँचाका व्यापारीहरु ?
उक्त सम्मेलनमा वरिष्ठ जनवादी गायक/सङ्गीतकर्मीद्वय उर्लाबारीका लीलानाथ पौडेल र पथरी शनिश्चरेका वीरध्वज सिबालाई अग्रज जनकलाकारका रूपमा सम्मान गरिएको थियो ।
त्यसैगरी विधागत रूपमा सामाजिक-सांस्कृतिक अध्ययन-अनुसन्धानमा पथरी शनिश्चरेका अनुसन्धाता डा. सोमबहादुर धिमाल, साहित्यमा लेटाङका साहित्यकार डिल्लीराम ओझा, चलचित्रमा विराटनगरका चलचित्रकर्मी केशव रायमाझी, नाट्यमा विराटनगरकी कौशिला कामत, भाषा तथा लोकसाहित्यमा बेलबारीका साहित्यकार गोविन्द हुक्पा चोङबाङ, गीत-सङ्गीतमा सुन्दरहरैँचमकी गायिका यमुना बिष्ट पराजुली र ललितकलामा बेलबारीकी परम्परागत चित्रकलाकार सुधार्नी राजवंशीलाई प्रमुख अतिथि नेकपा (एमाले), कोशी प्रदेश सचिवालय सदस्य तथा बेलबारी नगरपालिका प्रमुख दिप्रसाद राई तथा विशिष्ट अतिथि संविधानसभा सदस्य मधु गुरुङ तथा कार्यक्रम अध्यक्ष जीवन पौडेलले अबिर, दोसल्ला, खादा र सम्मानपत्रले सम्मान गरेका थिए ।
प्रमुख अतिथि राईले जनवादी गीतसङ्गीत र साहित्यमा गुणात्मक विकास गर्दै समाजलाई उन्नत र समृद्ध बनाउनुपर्नेमा जोड दिए ।
अतिथिहरूमा मोरङका साहित्यकार, सङ्गीतकर्मी तथा कलाकारहरू जेबी थुलुङ, प्रकाश राई, शान्ति लिम्बू, ईरानराई, रेखा सुवेदी, खड्ग न्यौपाने, प्रयाग न्यौपाने, बालिका पौडेल, गणेश लामा, गोपाल नेपाल, बालकृष्ण सिग्देल रहेका थिए ।
इरान राईको फेसबुकबाट


















