काठमाडौँ — बरिष्ठ मराठी अभिनेता तथा हास्य कलाकार अतुल परचुरेको निधन भएको छ । उनको ५७ वर्षको उमेरमा सोमबार निधन भएको हो । तर, उनको मृत्युको वास्तविक कारण भने खुल्न सकेको छैन ।
मराठीसँगै हिन्दी फिल्म र टिभी सिरियलमा काम गरेका अतुल परचुरे लामो समयदेखि क्यान्सरसँग लडिरहेका थिए । तर, क्यान्सरलाई जितेर उनले फेरि उत्साहका साथ काम गर्न थालेका र धेरै मराठी शोहरूमा आफ्नो भूमिकाबाट दर्शकको मनमा राज गरेका थिए ।
अतुल परचुरेको निधनले मराठी मात्र नभई हिन्दी फिल्म र टिभी उद्योगलाई पनि गहिरो चोट पुगेको छ । उनले कपिल शर्मा शोमा आफ्नो कमेडी टच पनि जोडेका थिए।




















