पथरी — माेरङको पथरी शनिश्चरे-१ स्थित बिपि चौकमा द व्युटी वल्ड पथरी शाखा´ को ४०औं शाखाको रूपमा उद्घाटन गरिएको छ।

यो शाखा द व्युटी मेकअप पार्लर एण्ड टेनिङ सेन्टर बिर्तामोड -४ झापा´ को अंश हो, जसलाई प्रमुख अतिथि पथरी शनिश्चरेकी पूर्व उपप्रमुख यमुना विष्ट वास्तोला, वडा नं-१ का अध्यक्ष भीमकुमार राई र पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दीपक वस्नेतले संयुक्त रूपमा रिबन काटेर उद्घाटन गरेका थिए ।

उद्घाटन कार्यक्रममा प्रमुख अतिथि सहित वडा नं-१ र ७ का अध्यक्ष क्रमशः भीमकुमार राई र उद्ववराज वस्नेत, उर्लाबारी नगरपालिकाका वडा नं-२ का अध्यक्ष राजन कडेँल, तथा उर्लाबारी उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भरत भट्टराई लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

462563436_2972059502947294_9150780136515469778_nपथरी शाखा प्रमुख रेखा वस्नेत भट्टराईका अनुसार, ३० लाख भन्दा बढीको लगानीमा खोलिएको यस पार्लरले १२ जनालाई प्रत्यक्ष रोजगारी दिएको छ। साथै, शाखामा १० जनालाई नि:शुल्क तालिम प्रदान गरिनेछ। संचालक भगवान बस्नेतले बताए अनुसार, बिर्तामोडको केन्द्रीय कार्यालयले दमक, पथरी, इटहरी, हेटौंडा, कोहलपुर, नेपालगञ्ज र काठमाडौँ लगायतका विभिन्न स्थानहरूमा सेवा पुर्‍याउँदै आएको छ।

वर्तमानमा यो शाखाले ४० शाखाबाट करिब ४ सय जनालाई तालिम प्रदान गर्ने योजना बनाएको छ।