विराटचोक— मोरङको मोरङको सुन्दरहरैँचा-१० स्थित सुकुना माविमा "मनदीप राई स्मृति छात्रवृत्ति अक्षय काेष" काे स्थापना गरिएको छ । सोही विद्यालयका शिक्षक डा. ईश्वरकुमार राईले आफ्ना दिवङ्गत जेठा छोरा स्व.मन्दिप राईको स्मृतिमा पाँच लाख पचपन्न हजार पाँच सय पचपन्न रुपैयाँको अक्षय काेष"स्थापना गरेका हुन् ।
स्व.मनदीप राईको कात्तिक २६ गते जन्मदिनकाे अवसर पारेर शिक्षक राईले उक्त रकमको चेक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष मातृकाप्रसाद ढकाल र निमित्त प्रधानाध्यापक राजेन्द्रप्रसाद गिरीलाई सँयुक्त रूपमा हस्तान्तरण गरेका छन ।
मेराे छाेराले कक्षा ६ देखि १२ सम्मकाे पढाइ पूरा गरेकाे यस विद्यालयमा ऊजस्तै हजाराैँ छाेराछाेरीहरू पढून् भन्ने कामनाका साथ उसको नाममा "मनदीप राई स्मृति छात्रवृत्ति अक्षय काेष" काे स्थापना गरिएको बुवा राईले बताए । उक्त अक्षय काेषबाट गरिब तथा जेहनदार विद्यार्थीहरू (कक्षा ९ र ११ मा अध्ययन गर्ने छात्रछात्रा दुई-दुई जना) लाई विद्यालयले हरेक वर्ष छात्रवृत्ति प्रदान गराेस् भन्ने उद्देश्यले याे अक्षय काेषकाे स्थापना गरेका छाैँ, सुकुना मा. वि. सँगै हाम्राे छाेरालाई सदासदा सम्झिरहने माध्यम पनि बनाेस् '-उनले भने '।
एक विशेष कार्यक्रमको आयोजना गरी अक्षय काेष स्थापनाको लागि चेक स्तान्तरण गरिएको उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारीहरु,सदस्यहरु लगायत शिक्षकहरुको बाक्लो उपस्थिति रहेको थियो । स्व.मन्दिप राई ट्याम्के मैयुम गाउँपालिका, भोजपुरमा तत्कालीन प्रविधिकको रुपमा कार्यरत थिए । आफ्नो कामको जिम्मेवारी पुरा गरीरहेको बेला उनलाई राउटे खोलाको बाढीले बगाएर २९ वर्षको उमेरमा दु:खद निधन भएको थियो ।



















