धरान — नेपालको पहिलो जननिर्वाचित प्रधानमन्त्री मनमोहन अधिकारीको सेल्टर रहेको धरान ४ को भूमिमा एमालेको सूर्य अंकित झण्डा सदा चम्किरहने नेकपा (एमाले) कोशी प्रदेश सदस्य भीमज्वाला राईले बताउनु भएको छ । 

शनिबार नेकपा एमाले ४ नम्बर वडाको दोस्रो अधिवेशनको उद्घाटन गर्नुहुँदै राईले २००८ सालमा भएको बाँझगरा किसान आन्दोलनका क्रममा मनमोहन अधिकारीले राजनीतिक सेल्टर बनाएको क्षेत्र धरान वडा नम्ब ४ स्थित हर्दिया, तेलनपुर लगायतका ग्रामिण क्षेत्रमा लामो समय सेल्टर लिँदै विचारको विजारोपण गरेकाले धरान ४ नम्बर वडा एमालेको सदा लालकिल्लाका रुपमा रहने राईले बताउनु भएको छ । 

WhatsApp Image 2024-12-14 at 18.35.28_b270f220विगतको स्थानीय तहको निर्वाचन मात्रै होइन भविष्यमा हुने सबै तहको निर्वाचनमा वडा नम्बर ४ एमाले पहिलो र जनताको प्रिय पार्टी हुने बताउनुभयो । कार्यक्रममा वडाका अग्रज कम्युनिष्टहरु प्रेमलाल राई र कर्ण कट्वाललाई विशेष सम्मान गरिएको थियो । 

अधिवेशनमा नेकपा एमाले धरान अध्यक्ष हर्कजङ्ग एभेङले शुभकामना व्यक्त गर्नुभएको थियो । 

WhatsApp Image 2024-12-14 at 18.35.29_efb1e232

 द्रोण कट्वालको नेतृत्वमा २५ सदस्यीय नयाँ नेतृत्व 

अधिवेशनले द्रोण कट्वालको अध्यक्षतामा २५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएकोछ । कमिटीको उपाध्यक्षमा राजेन्द्र राई सोताङ, सचिवमा भगत राई, उपसचिवहरु महेन्द्र कुलुङ राई र सुस्मिता राई चयन भएकाछन् । 

सदस्यहरुमा नगेन्द्र तामाङ, बुद्धिप्रसाद कोइराला, रुपा विश्वकर्मा, मिना तामाङ, लिलादेवी भगत, सुवास राई, विजय राई, सुनबहादुर राई, कुलबहादुर मगर, ज्ञानु राई, संगीता राई, उषा दहाल काफ्ले, पुष्प मगर, बलिराम राई, टिकामाया राई, प्रकास राई, बविता राई र मोहन राई रहेकाछन् । 

WhatsApp Image 2024-12-14 at 18.35.27_0d3fdb7fअधिवेशनमा नेकपा (एमाले) कोशी प्रदेश सदस्य शुशीला पहाडी, सूर्य पन्धाक,, जिल्ला सदस्यहरु नारायण सुवेदी, केदार लामिछाने, सन्तोष राई, धरान नगर सचिव राजेन्द्र राई, उपसचिव दिवस बान्तवा धरान वडा नम्बर ४ का अध्यक्ष धनबहादुर राई लगायतका सहभागीता रहेको थियो ।

WhatsApp Image 2024-12-14 at 18.35.28_99f89d6f