काठमाडौं—ललितपुरको फुल्चोकी जंगलबाट १३ जना हराएका छन् । सोमबार गोदावरी नगरपालिकामा पर्ने फुल्चोकीमा घुम्न गएका १३ जना व्यक्ति हराएका हुन् ।

उपत्यका प्रहरीको कन्ट्रोल रुममा आफूहरु जंगलभित्र हराएको भनी हराउनेमध्येकै एक व्यक्तिले फोन गरेका थिए ।

ललितपुर प्रहरीका अनुसार हराएको सूचनापछि अहिले खोजी कार्य थालिएको छ ।

उनीहरुको खोजी कार्यमा प्रहरी प्रभाग बाणेगाउँकी इन्स्पेक्टर अस्मिता कपालीकोकमाण्डमा टोली खटाइएको बताइएको छ ।

२७६१ मिटर अग्लो उक्त स्थामा घना जंगल भएका कारण वर्षेनी मानिस हराउने गरेका छन् ।