सुनसरी — सुनसरीको इटहरीमा भएको नेपाल जेसीजको ५१औ राष्ट्रिय महाधिवेशनबाट अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन् । सोमबार बेलुकी भएको निर्वाचनको अन्तिम मत परिणाम मंगलबार बिहानको राति आएको हो ।
जसअनुसार थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित भएकी हुन् । निकटतम प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे ।
उनीहरूबीचको मतान्तर ३०९ रहेको छ । मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रहेकी उनी यसअघि विभिन्न क्षेत्रमा नेतृत्व गरिसकेकी छन् ।
यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भएका छन् ।
यस्तै, उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी भएका छन् ।
यससँगै जेसीजले वर्ष २०२५ का लागि महिला नेतृत्व प्राप्त गरेको हो । शासन व्यक्तिको हैन विधिको हुनुपर्छ भन्ने मान्यता लिएर अगाडि बढेको जेसीजले यसअघि तीन जना महिला राष्ट्रिय अध्यक्ष पाइसकेको छ ।
जेसीजको कार्यकाल एक वर्षको हुनेछ । जेसीजले एक वर्ष, एक व्यक्ति र एक पदको अवधारणालाई आत्मसात गर्दछ ।
कोशी प्रदेश सरकारको अभिभाकत्वमा भएको राष्ट्रिय महाधिवेशन नेतृत्व चयनसँगै सम्पन्न हुने चरणमा छ। महाधिवेशनलाई इटहरी उपमहानगरपालिकाले संरक्षकत्व प्रदान गरेको छ ।
निर्वाचितहरूको मत कसको कति ?
अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)
जीवन कार्की– ४५३ मत
कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)
उपाध्यक्ष
सन्दिप खत्री – १०६८ (विजयी)
दिपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्जवल काबरा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)



















