काठमाडौं—दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान दुर्घटना भएको छ । करिब १८१ जना सवार विमान नेपाली समयअनुसार आइतबार बिहान दुर्घटनामा परेको हो ।
अवतरणका क्रममा विमान धावनमार्गबाट चिप्लिएर पर्खालमा ठोक्किएको अनुमान गरिएको बीबीसी हिन्दीको समाचारमा उल्लेख छ । विमान दुर्घटनाको तस्वीर सामाजिक सञ्जालमा भाइरल भइरहेको छ जसमा धुवाँ निस्किएको देख्न सकिन्छ ।
यस घटनामा कति जनाको ज्यान गएको छ भने यकिन भएको छैन । दसक्षण कोरियाको समाचार एजेन्सी योनहापका अनुसार यस दुर्घटनामा कम्तीमा २८ जनाको मृत्यु भएको छ ।
दुर्घटनाको कारण चरासँग विमान ठोक्किएको देखिन्छ ।
योनहेपले फायर डिपार्टमेन्टलाई उद्धृत गर्दै भनेको छ, ‘उद्धार एजेन्सीहरूले विमानको पछाडिबाट यात्रुहरूलाई बाहिर निकालेका छन् ।’




















