बार्सिलोना,स्पेन— नेकपा एमालेको प्रवास संगठन प्रवासी नेपाली मञ्च स्पेनले आप्रवासीका परिवर्तित नियम कानुन सम्बन्धि परामर्श सेवा तथा अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ ।

मञ्चले स्थानीय आप्रवासी वकीलसँग यही जनवरी १५ मा गैर आवासीय नेपाली संघ स्पेनको कार्यालयमा परामर्श सेवा तथा अन्तरक्रिया गर्ने भएको हो ।

मञ्चले सरोकारवाला सम्पूर्णलाई यस अन्तरक्रिया कार्यक्रममा उपस्थित भई सेवा लाभ लिन अनुरोध गरेको छ सामाजिक संजाल मार्फत जानकारी गराएको छ ।

परामर्श लिन चाहनुहुने तर,कार्यव्यस्तताले भौतिक रूपमा उपस्थित हुन नसककेको खण्डमा इच्छुक व्यक्तिले आफ्ना जिज्ञासा प्रवासी नेपाली मञ्च स्पेनका पदाधिकारी तथा सदस्यहरु मार्फत टिपाउन पनि अनुरोध गरेको छ । 

यस कार्यक्रमले प्रवासी नेपालीहरूलाई कानुनी जानकारी र समस्या समाधानमा सहयोग पुर्‍याउने विश्वास मञ्चले व्यक्त गरेको छ। उक्त कार्यक्रम ४ बजे बाट ८ बजे सम्म हुने मञ्चले जनाएको छ  ।

472259310_3631406010338353_5598722515519073204_n