तेलअभिव, इजरायल —प्रवासी नेपाली मञ्च, राष्ट्रिय कमिटी इजरायलले माघेसक्रान्ति पर्व २०८१ को अवसरमा भव्य कार्यक्रम आयोजना गर्ने तयारी गरेको छ। कार्यक्रम १७ जनवरी २०२५, शुक्रबार साँझ अब्राहम होटल, तेलअभिवमा सम्पन्न हुनेछ।

प्रवासी नेपालीहरूबीच सामूहिकता, संस्कृति, र परम्परालाई प्रवर्द्धन गर्ने उद्देश्यका साथ उक्त कार्यक्रम आयोजना गर्न लागिएको अध्यक्ष गीता सुवेदीले जानकारी दिईन ।

कार्यक्रममा भेटघाट, शुभकामना आदानप्रदान तथा नेपाली सांस्कृतिक प्रस्तुतिहरूको समेत आयोजना हुनेछ। साथै, १८ जनवरी २०२५, शनिबार बिहान ७:३० बजे, जेरुसेलमको ऐतिहासिक धार्मिक स्थलमा सामूहिक भ्रमणको कार्यक्रम तय गरिएको सचीव रमेश जोशीले बताए ।

प्रवासी नेपाली मञ्च इजरायलले सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूलाई हार्दिक निमन्त्रणा गर्दै यस कार्यक्रममा उपस्थित भई आफ्नो संस्कृति र एकताको भावना अभिव्यक्त गर्न आग्रह गरेको छ।