विराटचोक—मोरङको सुन्दरहरैँचामा चौथो संस्करण अन्तराष्ट्रिय स्तरिय विराट भेट्रान कप फुटबल प्रतियोगिता हुने भएको छ। विराट भेट्रान क्लबको आयोजनामा माघ १९ देखि २६ गतेसम्म प्रतियोगिता हुने भएको हो ।

सुन्दरहरैँचा–१० स्थित सुकुना खेल मैदानमा हुने प्रतियोगितामा नेपाल र भारतका गरी ८ वटा टिमको सहभागिता रहने विराट भेट्रान क्लबका अध्यक्ष दिपक भण्डारीले जानकारी दिए ।

प्रतियोगितामा भेट्रान खेलाडीहरूको सहभागिता सुनिश्चित गर्न उमेर समूह अनुसार खेलाडीहरू निर्धारण गरिएका छन्।

९ ए साइडको खेलमा प्रत्येक टिममा ४० वर्ष उमेर समूहका ४ जना र ४५ वर्ष उमेर समूहका ५ जना खेलाडी हुनेछन्।

प्रतियोगितामा  प्रथम पुरस्कार नगद १ लाख रुपैयाँ र द्वितीय पुरस्कार: नगद ५० हजार रुपैयाँ रहेको छ । उत्कृष्ट प्रदर्शन गर्ने टिम र खेलाडीहरूलाई नगद पुरस्कार, मेडल, प्रमाणपत्र, र ट्रफी प्रदान गरिने क्लबका सचिव सरोज बस्नेतले जानकारी दिए । बेस्ट गोलकिपर, बेस्ट डिफेन्स, र म्यान अफ द म्याचका लागि पुरस्कारको व्यवस्था गरिएको बस्नेतले बताए ।

प्रतियोगितालाई सफल रुपममा सम्पन्न गर्नका लागि खेल संयोजकमा युवेन गुरुङ र आर्थिक संयोजक दुर्गाकुमार श्रेष्ठलाई जिम्मेवारी तोकिएको छ।

खेल संयोजक युवेन गुरुङका अनुसार, प्रतियोगिताले भेट्रान खेलाडीहरूलाई प्रोत्साहन गर्नुका साथै नेपाल र भारतबीचको खेलमैत्री सम्बन्धलाई थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रतियोगिताको तयारी तीव्र गतिमा भइरहेको आयोजकले जनाएको छ। खेलप्रेमीहरूले प्रतिस्पर्धात्मक र रोमाञ्चक खेलहरू हेर्न पाउने अपेक्षा गरिएको छ।