विराटनगर— नेकपा (एमाले) विराटनगर महानगर कमिटीले युवा नेता राम पोखरेललाई प्रवक्ताको जिम्मेवारी दिएको छ । महानगर कमिटीको सचिवालय सदस्य रहेका पोखरेललाई आज बसेको महानगरको बैठकले प्रचार तथा प्रकाशन विभागको प्रमुख एवं प्रवक्ताको जिम्मेवारी दिएको हो ।
पोखरेल विराटनगर महानगरपालिका-८ का वडाध्यक्ष हुन् ।
बैठकले महानगरको ५ वटाको अधिवेशन आयोजक कमिटीसमेत गठन गरेको छ । एक महिनाभित्र ३, ७, ९, १४ र १५ वडाको अधिवेशन सम्पन्न गर्नेगरी आयोजक कमिटी गठन गरेको महानगर कमिटीका सचिव बलराम गिरी (नविन)ले जानकारी दिए ।




















