काठमाडौं—नेकपा एकीकृत समाजवादी पार्टी सम्बद्ध समाजवादी प्रेस संगठनका अध्यक्ष विश्वमणि सुवेदी सहितको बहुसंख्यक पदाधिकारीको टोली नेकपा एमाले निकट प्रेस चौतारी नेपालमा प्रवेश गरेको छ ।
सुवेदीसहित संस्थापक उपाध्यक्ष नरेन्द्र साउद, महासचिव रामकुमार एलनसहितको करिब ३१ जिल्लाका अधिकांश पदाधिकारी पनि प्रेस चौतारीमा समाहित भएका हुन् ।
उनीहरुलाई एमाले महासचिव शंकर पोखरेल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र चौतारीका अध्यक्ष गणेश बस्नेतले मूलधारमा स्वागत गरेका छन् ।
माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को भ्रातृ संगठनका रुपमा रहेको समाजवादी प्रेस संगठनको २०८० जेठमा सम्पन्न महाधिवेशनबाट सुवेदी अध्यक्षमा निर्वाचित भएका थिए ।
सुवेदीसँगै संगठनका उपाध्यक्ष सविन शर्मा, सचिव नेपोलियन चेपाङ, कोषाध्यक्ष कृपा भण्डारी, केन्द्रीय सदस्यहरू आशिष गुरागाईं, रमेश सूबेदी, सौगात मिश्र, नरेन्द्र विष्ट पनि प्रेस चौतारीमा प्रवेश गर्ने घोषणा गरिसकेका छन् ।




















