कोपेनहेगेनं (डेनमार्क) —डेनमार्कको कोपेनहेगेनमा रहेका प्रवासी नेपालीहरूले पारिवारिक रमाइलो जमघट कार्यक्रम सम्पन्न गरेका छन् । नेकपा (एमाले) निकट प्रवासी नेपाली मंच डेनमार्कको महिला विभागको आयोजनामा गत शनिबार उक्त कार्यक्रम सम्पन्न भएको हो।
महिला विभाग प्रमुख रञ्जना श्रेष्ठका अनुसार कार्यक्रम अंग्रेजी नयाँ वर्षको स्वागत र क्रिसमसको अवसरमा आयोजना गरिएको थियो। कार्यक्रममा गायन, नृत्य, विभिन्न रचनात्मक गतिविधि, खेलकुद, र पारिवारिक मिलन कार्यक्रमहरू समेटिएको थियो।
कार्यक्रमको उद्देश्यबारे प्रवासी नेपाली मंच डेनमार्क अध्यक्ष रविन कार्कीले प्रकाश पार्दै यस्तो जमघटले डेनमार्कमा रहेका नेपालीहरूलाई एकताको महत्त्व, सामूहिक मनोरञ्जन, र आपसी सम्बन्धलाई गाढा बनाउने अवसर प्रदान गरेको बताए। साथै, आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिवद्धता व्यक्त अध्यक्ष कार्कीले व्यक्त गरे ।
कार्यक्रममा प्रवासी नेपाली मंचका संस्थापक अध्यक्ष घनश्याम गौतम, पूर्व अध्यक्षहरू नरेन्द्र बस्नेत , शुशिल घिमिरे, मंचमा आवद्द सदस्यहरु, इनास ग्लोबलका महासचिव राजमान तामाङ, एनआरएन डेनमार्कका उपाध्यक्ष मनिषा सिंह कोइराला, नेपाल भलिबल संघका अध्यक्ष प्रकाश श्रेष्ठ, उद्योग वाणिज्य संघ डेनमार्कका अध्यक्ष मिलन श्रेष्ठलगायत डेढ सय जना भन्दा वढी नेपाली परिवारहरूको उत्साहजनक उपस्थिति थियो।
महिला विभाग प्रमुख रञ्जना श्रेष्ठले अतिथिहरूलाई स्वागत गर्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन् । सांस्कृतिक विभाग प्रमुख किरण दीपले आकर्षक सांगीतिक प्रस्तुति दिएका थिए । त्यसैगरी प्रचार विभाग प्रमुख मनोज न्यौपानेले बालबालिका तथा दम्पतीहरु बीच रमाइला खेलहरुको संयोजन गरेका थिए भने कार्यक्रमको सञ्चालन सचिव शैलेन्द्र राईले गरेका थिए।
यस्तो प्रकारको जमघटले प्रवासी नेपाली समुदायबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन योगदान पुर्याउने विश्वास गरिएको प्रवासी नेपाली मंच डेनमार्कका उपाध्यक्ष अमृत रिजालले बताए ।























