विराटनगर—नेकपा एमाले निकट प्रत्रकारहरुको संगठन प्रेस चौतारी नेपाल,मोरङको अध्यक्षमा चीना थापा चयन भएकी छन् । शनिबार बिराटनगरमा सम्पन्न ९ औँ अधिवेशनले थापालाई  सर्वसम्मत रुपमा अध्यक्षमा चयन गरिएको हो ।

 कार्यसमितिको उपाध्यक्षमा शशांक पौडेल, महिला उपाध्यक्षमा रामजना रञ्जना अधिकारी, सचिवमा नवराज भट्टराई, सहसचिवमा कृष्णचन्द्र सुवेदी, समावेशी सहसचिवमा राजकुमारी तामाङ र कोषाध्यक्षमा पुन्य पी अधिकारी सर्वसम्मत चयन भएका छन् । 

त्यसैगरी सदस्यहरुमा शिवशंकर परिहस्त, रोहन राई, दीपक खड्का, रामकुमार शर्मा, रोमा दाहाल, कुलदीप बाँस्तोला, विवेक खतिवडा,निशान्त ढुङ्गाना, विशाल मण्डल, प्रमोद कार्की, सामना भट्टराई, संगीता राई, शिशिर राई, र विदिशा भट्टराई चयन भएका छन् । 

नवनिर्वाचित सम्पूर्ण पदाधिकारी र सदस्यहरूलाई संगठनका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले शपथग्रहण गराएका थिए ।

अधिवेशनको उदघाटन सत्रमा पत्रकार महेन्द्र विष्टलाई शालिग्राम–मञ्जु दाहाल पत्रकारिता पुरस्कारबाट सम्मानित गरिएको छ । अधिवेशनले आगामी माघ ३० गते विराटनगरमा हुने प्रदेश अधिवेशनका लागि प्रदेश परिषद् सदस्य र फागुन २५–२७ सम्म विराटनगरमा हुने १० औं महाधिवेशनका लागि केन्द्रीय परिषद् सदस्य पनि चयन गरेको छ ।

May be an image of 5 people, dais, temple and textअधिवेशनको उद्घाटन कार्यक्रममा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रेस चौतारी नेपालका अध्यक्ष गणेश वस्नेत, सचिव विक्रम लुइँटेल, एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, रामलाल साह, केन्द्रीय सल्लाहकार परिषद् सदस्य विनोद ढकाल, एमाले प्रदेश कमिटी अध्यक्ष घनस्याम खतिवडा, कोशी प्रदेश प्रचार तथा प्रकाशन विभागका प्रमुख लक्षमण तिवारी, मोरङ अध्यक्ष बाबुराम कार्की, नेपाल पत्रकार महासंघ केन्द्रीय सदस्य कमल रिमाल, प्रदेश अध्यक्ष भरत खड्का, मोरङ अध्यक्ष सुशीला पाठक लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए।

अधिवेशन प्रेस चौतारीका मोरङका अध्यक्ष सुदिप कोइरालाको अध्यक्षतामा सम्पन्न भएको थियो ।

May be an image of 6 people, people studying, hospital and text

May be an image of 5 people, dais and text

May be an image of 7 people and people studying