काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की केन्द्रीय सदस्य ज्वाला संग्रौलाको हालैको अभिव्यक्तिले नेपाली राजनीतिक वृत्तमा ठूलो चर्चा र विवाद निम्त्याएको छ। उनले पार्टी सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेले आफ्नो कार्यकालमा एक बलात्कारीलाई जीवनदान दिएको  भन्दै  सामाजिक सञ्जालमा लेखेको  एउटा  स्टाटस विवादित बनेको हो । यो विषयले रास्वपाको सुशासन र न्यायप्रति प्रतिबद्धतामाथि गम्भीर प्रश्न उठाएको छ।

jwala statasसंग्रौलाले सुरुमा सामाजिक सञ्जालमा लेखेको स्टाटसमा “रवि दाइले गृहमन्त्री हुँदा जीवनदान दिएको” भनेकी थिइन्। तर केही समयपछि उक्त वाक्य हटाउँदै अर्को सन्देश लेखिन्, जसमा उनले एक बलात्कारीको आलोचना गर्दै हालको राजनीतिक अवस्थाबारे कटाक्ष गरिन्। यस अभिव्यक्तिलाई नेकपा एमालेका नेता महेश बस्नेतप्रति लक्षित गरिएको ठानिएको छ।

यसबाहेक, महेश बस्नेतले शनिबार आयोजित राष्ट्रिय युवा संघ नेपालको भेलामा रवि लामिछानेलाई सहकारी ठगीका गम्भीर आरोप लगाउँदै कडा अभिव्यक्ति दिए। उनले लामिछानेमाथि करोडौं रुपैयाँको सहकारी अपचलन गरेको र श्रीमतीको नाममा रकम जम्मा गरेको आरोप लगाए। पोखराको सूर्यदर्शन सहकारी र काठमाडौंको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा लामिछाने क्रमशः ६५ लाख र ६० लाख धरौटीमा रिहा भएका थिए।

यस घटनाले रास्वपाको दोहोरो चरित्र उजागर भएको भन्दै धेरैले आलोचना गरिरहेका छन्। पार्टीले आफूलाई सुशासनको पक्षधर पार्टीका रूपमा प्रस्तुत गर्दै आए पनि यस्तो प्रकरणले पार्टीको छवि कमजोर बनाएको छ। साथै, रवि लामिछानेमाथि लागेका सहकारी अपचलनका आरोपले उनका व्यक्तिगत र राजनीतिक छवि पनि विवादमा परेका छन्।

यो प्रकरणले नेपाली राजनीतिको समग्र संरचना र नेतृत्वमा पारदर्शिताको अभावलाई झल्काएको छ। अब यो मुद्दा कसरी अघि बढ्छ भन्ने कुराले राजनीतिक वृत्तमा थप तरंग ल्याउने निश्चित छ।