विराटचोक— नेकपा एमाले निकट अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीले बीबीए सातौं सेमेस्टरमा ४ सिजिपिए ल्याई नेपालमै प्रथम स्थान हासिल गरेकी सुनिता थापालाई सम्मान गरेको छ।

सोमबार सरस्वती पूजाको अवसरमा आयोजित एएनएनएफएसयु म्युजिक एण्ड मोसन कर्निभल कार्यक्रममा थापालाई सम्मान गरेको हो। कार्यक्रमका प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य जीवन घिमिरे र विशेष अतिथि एमाले कोशी प्रदेश सचिवालय सदस्य राजकुमार ओझाले थापालाई कदरपत्र प्रदान गरेका थिए।

कार्यक्रममा विद्यार्थीहरूले विभिन्न प्रतिभा प्रस्तुत गरेका थिए भने सुधन राई एण्ड व्याण्डले सांगीतिक प्रस्तुति दिएका थिए।

मन्तव्य दिने क्रममा एमाले केन्द्रीय सदस्य जीवन घिमिरे, एमाले कोशी प्रदेश सचिवालय सदस्य राजकुमार ओझा, र अनेरास्ववियु मोरङका सचिव विरेन्द्र घिमिरेले कार्यक्रमलाई विशेष बनाएका थिए।

कार्यक्रमको अध्यक्षता अनेरास्ववियु सुकुना बहुमुखी क्याम्पस कमिटीका अध्यक्ष योगेश दाहालले गरेका थिए, भने सञ्चालन अनेरास्ववियुका नेता सुयोग भण्डारीले गरेका थिए।