विराटनगर—मोरङको कटहरी गाउँपालिका–२ आदर्श टोलस्थित रेल–वे लाइनमा करेन्ट लागेर  एक जनाको ज्यान गएको छ। मृतक कटहरी–३ निवासी करिब ३६ वर्षीय फिरोज मियाँ रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

प्रहरीका अनुसार मियाँ बिजुलीको पोलमा चढेका थिए, जसका कारण करेन्ट लागेर उनी भुइँमा झरेका थिए । उनी  बुधबार बिहान १० बजेतिर घाइते अवस्थामा फेला परेका थिए ।

 घाइते अवस्थामा भेटिएका उनलाई विराटनगरको कोशी अस्पताल लगिएको थियो। उपचारका क्रममा दिउँसो २:३० बजेतिर चिकित्सकले उनलाई मृत घोषित  गरेको प्रहरीले जनाएको छ । मियाँ बिजुलीको पोलमा किन चढेका थिए भनेर खुल्न बाँकी छ ।

घटनास्थलबाट काटेर संकलन गरिएको बिजुलीका तारहरु प्रहरीले फेला पारेको छ । प्रहरीले घटनाको अनुसन्धान भइरहेको जनाएको छ ।