• मणिराम दाहाल maniram dahal

विराटचोक—माेरङकाे सुन्दरहरैँचा-६ मा रहेको पूर्वान्चल एकेडेमीले लगातार तेस्रो पटक प्याब्सन  मोरङ खेलकुद प्रतियोगितामा उपाधि जित्दै विद्यालयको खेलकुद क्षेत्रमा अद्वितीय क्षमता प्रमाणित गरि कीर्तिमान बढाउँन सफल भएको छ ।

यस वर्षको प्रतियोगितामा विद्यालयका खेलाडीहरूले उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा पदक जित्न सफल भएका छन् ।  यस ऐतिहासिक जितमा विद्यार्थी, शिक्षक तथा प्रशिक्षकहरूको मेहनतको ठूलो योगदान रहेकोले  खेलकुद क्षमताको अभिवृद्धिका लागि विद्यालयले निरन्तर लगानी गर्दै आएको विद्यालयका प्रिन्सिपल दिपेन राईले जानकारी दिए।

WhatsApp Image 2025-02-06 at 08.11.38_03734cbaराष्ट्रिय खेलमा समेत दोश्रो स्थान हासिल

पूर्वान्चल  एकेडेमीले स्थानीय तथा क्षेत्रीय प्रतियोगितामा मात्र होइन राष्ट्रिय स्तरको खेलकुदमा पनि उत्कृष्ट प्रदर्शन गर्दै नाम कमाएको प्रिन्सिपल राईकाे भनाइ रहेको छ ।

विद्यालयका खेलाडीहरूले राष्ट्रिय खेलमा प्रतिस्पर्धा गर्दै विगतमा दोस्रो स्थान हासिल गर्न सफल भएकाले विद्यालयको गौरवलाई अझ उचाइमा पुर्‍याएको प्रिन्सिपल राईले उल्लेख गरे  ।

गुणस्तरीय शिक्षा र अत्याधुनिक सुविधासहित अगाडि बढेको  विद्यालय पूर्वान्चल एकेडेमी खेलकुद मात्र नभई गुणस्तरीय शिक्षाका लागि समेत परिचित भएको उल्लेख गरिएको छ । विद्यालयमा विद्यार्थीहरूको शैक्षिक स्तर उकास्न अत्याधुनिक प्रविधि र अनुभवी शिक्षकहरूको व्यवस्था गरिएको विद्यालय प्रशासनले जनाएको छ । यस विद्यालयमा स्मार्ट क्लासरूम, विज्ञान प्रयोगशाला, कम्प्युटर ल्याब, लाइब्रेरी, अतिरिक्त क्रियाकलाप, करिअर गाइडेंस जस्ता सुविधाहरू उपलब्ध छन्।

विद्यालयले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि खेलकुद, कला, संगीत, नृत्य तथा वक्तृत्वकला जस्ता गतिविधिहरूमा विशेष ध्यान दिएको छ। खेलकुद क्षेत्रमा निरन्तर सफलताका साथ, पूर्वान्चल एकेडेमीले आगामी दिनमा समेत राष्ट्रका लागि योग्य खेलाडी उत्पादन गर्ने लक्ष्य लिएकाे प्रिन्सिपल राईले जानकारी दिए । उनले विद्यालय प्रशासनले खेलकुद क्षेत्रमा देखाएको उत्कृष्ट प्रदर्शनका लागि  आगामी दिनमा अझ सफलता हात पार्ने विश्वास व्यक्त गरिएकाे बताए ।

WhatsApp Image 2025-02-06 at 08.11.39_c8841e9c