- मणिराम दाहाल

विराटचोक—हात हातमा माेवायल गाउँगाउँमा सामाजिक सन्जाल सुन्दरहरैँचामा हिजोआज एउटै आवाज सुनिन्छ ` सुन्दरहरैँचा विराट एक्स्पाे ४ ´माघ महिनाकाे सितलहर तथा कठङ्याग्रिँदो चिसोकाे कुनै प्रवाह नगरी सामाजिक कार्य सम्पन्न गर्ने हेतुले यहाँ महाेत्सवकाे ताताे चर्चा परिचर्चा चलेको छ । काेही टिकटक तथा काेही भिडियोमा एक्स्पाे प्रचारप्रसार गर्न व्यस्त छन् । जिम्मेवारी पाएकाे कामलाई पूरा गर्न यहाँ कुनै थकानकाे व्यस्ता गरिएकाे छैन् । महाेत्सवकाे एउटै उदेश्य हाे नगरकाे पहिचान बढाएर व्यापार व्यवसायकाे प्रवर्द्वन गरि सुविधा सम्पन्न पुस्तकालय सहितकाे आधुनिक सार्वजनिक शाैचालय निर्माण । माेरङकाे सुन्दरहरैँचा नगरपालिकास्थित नगरकाे विभिन्न स्थानमा विदेशी मापदण्डकाे आधुनिक सुविधा सम्पन्न ज्ञानमूलक पुस्तकालय सहितकाे सार्वजनिक शाैचालय निर्माण सहयोगार्थ सुन्दरहरैँचा विराट एक्स्पाे ४ हुने भएको हाे ।
सुन्दरहरैँचा उद्योग वाणिज्य संघकाे आयाेजनामा विराचाेकमा यहि माघ ३० देखि फागुन १० गते सम्म एक्स्पाे सञ्चालन हुन लागेको हाे । नगरकाे सलकपुर , विराटचाेकमा विदेशी मापदण्डकाे सुविधा सम्पन्न पुस्तकालय सहितकाे सेलुन वाथरूम भएको
तीन तल्ले सार्वजनिक शाैचायल निर्माण भएर चालू अवस्थामा रहेको छ । अन्य स्थानमा निर्माणाधीन छ । यहाँ अन्य स्थानमा उत्त कार्यलाई पूरा गर्न एक्स्पाेबाट खर्च भएर बाँकी रहेको रकमले दाताकाे साथ सहयाेगमा सार्वजनिक शाैतालय निर्माण गर्न लागिएको हाे । नगरकाे विभिन्न स्थानमा बनाउँन बाँकी रहेकाे पुस्तकालय सहितकाे सुविधा सम्पन्न सार्वजनिक शौचालय निर्माण सहयाेगार्थ काेष जुटाउँन विराट एक्स्पो ४ सञ्चालन गर्न लागिएको महाेत्सव मुल समारोह समितिका संयाेजक भाेलेश्वर दुलालले जानकारी दिए । उनले चालू शौचालय परियोजनाहरू पूरा गर्न र नयाँ शुरू गरि स्रोतहरू उत्पन्न गर्न एक्स्पाे महत्त्वपूर्ण हुने बताए । संयाेजक दुलालले भने ` सबै क्षेत्रको सहकार्यले एक्स्पाे सफल हुने भएकोले यस क्षेत्रको गरिमा र प्रतिष्ठालाई बढाउन सबैसँग छलफल अन्तरक्रिया गरिएको छ । हाल नगरपालिकामा दुई सार्वजनिक शौचालयहरू चालू छन् । थप दुईको निर्माण भइरहेको छ। प्रदर्शनीबाट प्राप्त रकम हरैंचा र खाेर्सानेमा निर्माणाधीन सुविधाहरू पूरा गर्न र दुई थप सार्वजनिक शौचालयहरू थप्न निर्देशित गरिनेछ ´।
एक्स्पाे सञ्चालनका लागि करिव रु. ४ करोड खर्च हुने आयाेजककाे अनुमान रहेको छ । जसमा लक्षित विकास परियोजनाहरूको लागि रू १ करोड बचत हुने अपेक्षा गरिएको छ। यस वर्षको महाेत्सवमा २ सय स्टलहरू रहने उल्लेख गरिएको छ । महाेत्सवमा खेलकुद, बाल उद्यान, मनोरञ्जन, अटो मोबाइल, कृषि, पर्यटन, व्यापारका साथै नयाँ प्रविधि एआईको प्रयोग र उपयोगबारे जानकारी गराउने स्टल समेत रहने आयाेजकले उल्लेख गरेको छ । स्थानीय उत्पादन, कृषि प्रविधि, कपडा , उद्योग, व्यापार तथा नवप्रवर्तनसँग सम्बन्धित स्टलहरू राखिने मेलाका स्टल व्यवस्थापक उपसमिति संयाेजक ज्ञानप्रसाद ढकालले जानकारी दिए । उनले ७६ स्टलहरू औद्योगिक उत्पादनहरू प्रदर्शन गर्ने रहेको उल्लेख गरे । कृषि र घरेलु सामानहरू प्रदर्शन गर्ने ५० स्टलहरू हुने उल्लेख गरिएको छ । शैक्षिक संस्था, बैंक र वित्तीय संस्थाहरूलाई समर्पित ४० स्टलहरू रहने बताइएको छ ।अटोमोबाइल व्यवसायका लागि १९ स्टलहरू समावेश हुने उल्लेख गरिएकाे छ ।
होटलहरूको प्रतिनिधित्व गर्ने १४ स्टल तथा ८०% स्टलहरू पहिले नै बुक भइसकेकाेले एक्स्पोमा उल्लेखनिय सहभागिता हुने अपेक्षा गरिएको आयाेजक संघका अध्यक्ष नारायण कार्कीले जानकारी दिए । उनले सहज कार्यान्वयन सुनिश्चित गर्न ५ सय १ सदस्यीय मुख्य आयोजक समिति र १९ उप-समितिहरू गठन गरिएको बताए । अध्यक्ष कार्कीले भने ` एक्स्पाेमा प्रवेशका लागि सहयाेग स्वरूप दाताबाट रू ५ हजार प्रतिगाेटाका १५ सय ज्याकेट हाल खरिद भएको छ । सहभागितालाई प्रोत्साहन गर्न विद्यार्थीहरूको लागि प्रवेश नि:शुल्क हुनेछ । एक्स्पोमा नगरपालिका स्तरीय नृत्य ,संगीत प्रतियोगिताहरू सहित दैनिक सांस्कृतिक प्रदर्शनहरू प्रस्तुत गरिनेछ। आगन्तुकहरूको अनुभवलाई अझ समृद्ध बनाउन यहाँ प्रदेश स्तरीय चेस प्रतियोगिता तथा साहित्यिक कार्यक्रम गीत संगित आयोजना गरिनेछ ´´ ।
यस पटक नयाँ प्रविधिबाट एक्स्पाे स्टल बनाउने कार्य अगाडि बढेकोले ह्याङ्गरबाट डोम निर्माण गरी हावाहुरी तथा पानीले कुनै समस्या नहुने गरी स्टल बनाइने महाेत्सवका संयाेजक दुलालले जानकारी दिए ।
उनले विराटचोकमा १० वर्षका लागि करिब ३ बिघा जग्गा भाडामा लिएर मेला लगाउन लागेको उल्लेख गर्दै आगामी दिन मेला लगाउन मात्र नभएर बहुप्रयोजनका लागि जग्गा सुरक्षित गरिएको बताए । संयाेजक दुलालले भने ` स्थायी रूपमा कम्पाउण्ड, शौचालय, गेट र मञ्च सो जग्गामा बनाइने छ ।



















