खोटाङ– मिलको फिताले घाँटीमा गम्भीर चोट लागेर घाईते भएका जन्तेढुंगा गाउँपालिका–५ चिसापानीकी ४५ वर्षीया कमला खड्काको उपचारको क्रममा मृत्यु भएको छ।
माघ २६ गते अन्दाजी मध्यान्ह १२ बजे सोही ठाउँका दिल बहादुर खड्काको मकै, धान पिस्ने मिलमा धानको घान लगाउने क्रममा अचानक लडेर खड्का घाईते भएकी थिइन्।
खड्का गम्भीर घाईते भएको खबर प्राप्त भएपछि इलाका प्रहरी कार्यालय चिसापानीबाट प्रहरी नायब निरीक्षक बोधराज बस्नेतको कमाण्डमा खटेको प्रहरीले तत्काल उपचारका लागि उनलाई प्राथमिक स्वास्थ्य केन्द्र चिसापानी पुर्याइएको थियो।
तर, उपचारको क्रममा उनलाई डाक्टरले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ। कानूनी प्रक्रिया पुरा गरेर मृतक खड्काको शवलाई पोष्टमार्टमका लागि प्राथमिक स्वास्थ्य केन्द्र चिसापानीको शब गृहमा राखिएको छ।



















