विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिकास्थित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सम्पन्न भएको छ ।
तीन दिन सम्म सञ्चालन भएको प्रतियाेगितामा साजीलाल माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुन सफल भएका छन् ।।साजीलाल मा.वि. १९ स्वर्ण ,१४ रजत , १४ कांस्य पदक जित्दै प्रतियोगितामा जित हासिल गर्न सफल भएको हाे ।
सो अवसरमा साजीलाल माध्यमिक विद्यालयका प्रधानाध्यापक श्यामबाबु काफ्लेले विद्यालयका खेलाडी विद्यार्थीहरूको उत्कृष्ट प्रदर्शनप्रति खुशी व्यक्त गरे।
उनले विद्यालय व्यवस्थापन, प्रशिक्षक, अभिभावक तथा सम्पूर्ण खेलाडी विद्यार्थीहरूको योगदानलाई उच्च सम्मान गर्दै धन्यवाद व्यक्त गरे।
प्रतियोगितामा सुकुना माध्यमिक विद्यालय दोस्रो स्थान हासिल गर्न सफल भयो। पूर्वाञ्चल एकेडेमी तेस्रो स्थानमा रह्यो। सिद्धार्थ सेकेन्डरी बोर्डिङ स्कूलले सान्त्वना पुरस्कार प्राप्त गर्यो।


















