काठमाडौं—युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले नेपाल स्काउटको नियमावली संशोधन गर्दा ‘श्री ५ को सरकार’ लेखिएको कागजातमा हस्ताक्षर गरेपछि विवादमा तानिएका छन्। अनुसूची-४(क)को कार्यसम्पादन फाराममा ‘श्री ५ को सरकारले प्रचलनमा ल्याएको’ वाक्य समावेश गरिएको थियो।
मन्त्री चौधरीले स्काउटको नियमावली र कार्यविधि आफूअनुकूल संशोधन गरेको आरोप लागेका छन्। घटनाले कागजात प्रमाणीकरणको सतर्कता र नियमन प्रणालीमाथि प्रश्न उठाएको छ।