विराटचोक—मोरङको सुन्दरहरैँचा नगरपालिका-१०स्थित सुकुना माध्यमिक विद्यालयले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै नगरमा दोस्रो स्थानमा बढी पदक जित्ने विद्यालय बन्न सफल भएको छ।


विद्यार्थीहरूले एथलेटिक्स तर्फ ११ स्वर्ण, ३ रजत र ३ कास्य प्राप्त गरेका छन् । त्यसैगरी उसु तर्फ २ स्वर्ण, ७ रजत ६ कास्य, तेक्वान्दो तर्फ १ रजत र ३ कास्य प्राप्त गरे। कराते तर्फको खेलमा रजत कास्य क्रमशः २ / २ पदक प्राप्त गरेका थिए भने कबड्डीमा २ स्वर्ण र भलिबल खेलमा २ रजत गरि जम्मा १५ स्वर्ण १५ रजत र १४ कास्य पदक प्राप्त गरेका छन् ।
मंगलबार आयोजित कार्यक्रममा विद्यालयले पदक विजेताहरूलाई सम्मान गर्दै बधाई तथा शुभकामना व्यक्त गरेको छ।

६६ वटा इभेण्टमा ४४ पदक प्राप्त गरि नगरकै दोस्रोमा सबैभन्दा बढी पदक जित्ने विद्यालय भित्र परेको प्रध्यानाध्यापक हिक्मत बहादुर बस्नेतले वताए । प्रधानाध्यापक बस्नेतका अनुसार विद्यार्थीहरूको मेहनत, प्रशिक्षकहरूको समर्पण, र व्यवस्थापनको निरन्तर सहयोगले यो उपलब्धि सम्भव भएको हो। उनले आगामी प्रतियोगिताहरूमा पनि यस्तै सफलता हासिल गर्ने विश्वास व्यक्त गरे।
प्रतियोगिताका आयोजकहरूले यस्ता प्रतियोगिताले खेलकुद प्रतिभा उजागर गर्न र खेल क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने बताए। साथै, सफल विद्यालय र खेलाडीहरूलाई बधाई दिएका छन्।
तीन दिन सम्म सञ्चालन भएको सुन्दरहरैँचा नगरपालिकास्थित नगर स्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सुन्दरहरैँचा-६ स्थित साजीलाल माध्यमिक विद्यालयका विद्यार्थीले पनि उत्कृष्ट प्रदर्शन गर्दै प्रथम स्थान हासिल गरेको छ ।
प्रतियाेगितामा सुन्दरहरैँचा-६ को साजीलाल माध्यमिक विद्यालयका विद्यार्थीले उत्कृष्ट प्रदर्शन गर्दै प्रथम हुन सफल भएका थिए ।साजीलाल माविले १९ स्वर्ण, १४ रजत , १४ कांस्य पदक जितेको थियो ।
यो पनि पढ्नुहोस्-सुन्दरहरैँचामा राष्ट्रपति रनिङ शिल्ड सम्पन्न : साजीलाल मावि प्रथम