मोरङ—प्रेस चौतारी नेपाल कोशी प्रदेशको दोस्रो अधिवेशन सम्पन्न भई नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले अध्यक्षमा सुमन पुरीलाई सर्वसहमतिमा निर्वाचित गरेको छ। सर्वसम्मत  रुपमा निर्वाचित  अन्य पदाधिकारीहरूमा युबराज बिबस (उपाध्यक्ष - खुला), ज्योती चौहान (उपाध्यक्ष - महिला), बाबुराम भण्डारी (महासचिव) र बिशाल नेम्वाङ्ग (कोषाध्यक्ष) रहेका छन्।

477015315_1161896419273101_4015424656672302820_nत्यस्तै भोला श्रेष्ठ र गणेश बिष्ट सचिव पदमा निर्वाचित भएका छन् भने समावेशी सचिवमा मञ्जु डाँगी र दिनेश सुब्बा लिम्बू चयन भएका छन्।

सदस्यतर्फ बिष्णु गड्तौला, टेकराज रिखम मगर, तुलसी सुबेदी, पुस्पराज थपलिया, उमानाथ भण्डारी, सरोज चौलागाईं, हरिहर नेपाल, दिलु श्रेष्ठ, प्रदीप चौधरी,राजकुमार ओली, शिशिर भट्टराई, शिशिर चौलागाईं लगायत ४९ जना निर्वाचित भएका छन्।

यो पनि पढ्नुहोस -कोशी प्रदेशमा आम सञ्चार विधेयक सहमतिमा पारित गरिने: मुख्यमन्त्री कार्की

"समृद्धिका लागि सञ्चार कर्म, प्रेस चौतारीको मूल मर्म" भन्ने मूल नारासहित सम्पन्न अधिवेशनमा नयाँ नेतृत्व चयन गरिएको हो।

निर्वाचन समितिको अध्यक्ष गणेश खनालले परिणाम घोषणा गरेका थिए। चौतारीको नयाँ कार्यसमितिले कोशी प्रदेशभर सञ्चारकर्मीहरूको हक, हित र पत्रकारिताको स्तरवृद्धिका लागि कार्य गर्ने चौतारीका केन्द्रीय अध्यक्ष गणेश बस्नेतले बताएका छन्।

476751112_1161896089273134_4181580166252134988_n