काठमाडौँ—नेपाली बजारमा आज (आइतबार) सुनको मूल्य सामान्य बढेको छ । सुनको मूल्य तोलामा ३०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।


गएको शुक्रबार तोलामा एक हजार रुपैयाँ घटेको सुनको मूल्य आज बढेको हो । आज छापावाल सुनको मूल्य तोलाको एक लाख ७० हजार ३०० रुपैयाँ कायम छ ।अघिल्लो दिन छापावाल सुन प्रतितोला एक लाख ७० हजार रुपैयाँमा किनबेच भएको थियो ।
चाँदी प्रतितोला एक हजार ९७० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।