मोरङ— लामो समयसम्म नेपाली काङ्ग्रेसमा योगदान पुर्‍याएका पुराना नेता जयराज संयोग लिम्बुसहित सयौँ जना नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन्।

जनतासँग माओवादी तराई मधेस जागरण अभियानअन्तर्गत मोरङको कानेपोखरीमा मंगलबार आयोजित कार्यक्रममा उनीहरू माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । नवप्रवेशीहरुलाई अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले स्वागत गरेका छन् ।

लिम्बु गत २०७९ को निर्वाचनमा स्वतन्त्रबाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बनेका थिए । 

कानेपोखरी गाउँपालिकाबाट मात्रै नौ सय र अन्य पालिकाबाट गरी एक हजार बढी प्रवेश गरेको र प्रवेश गर्ने अधिकांश एमाले कार्यकर्ता रहेको माओवादी केन्द्र मोरङले जनाएको छ। त्यसैगरी सुन्दरहरैँचा नगरपालिकाबाट सिता छाराहाङ्गसहित ४५ जना प्रवेश गरेका छन । 

पार्टी प्रवेशपछि लिम्बुले आगामी निर्वाचनमा माओवादीलाई दुई तिहाइ बहुमत दिलाएर कोशी प्रदेशको नाम खारेज गरी पहिचानको मुद्दा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले माओवादीलाई पहिचान पक्षधरहरूको छाता पार्टी बनाउने प्रयासमा योगदान पुर्‍याउने बताए।

WhatsApp Image 2025-02-25 at 14.31.26_ff0bf91b

WhatsApp Image 2025-02-25 at 14.31.26_9cafde4e