विराटनगर—नेकपा एमाले निकट नेपाल उद्योग तथा व्यवसायी महासंघ कोशी प्रदेश कमिटीको प्रथम अधिवेशन सम्पन्न भएको छ । मंगलबार विराटनगरमा सम्पन्न भएको अधिवेशनले माधवराज थापाको अध्यक्षतामा ९५ सदस्यीय प्रदेश कमिटी गठन गरेको छ।
कमिटीको उपाध्यक्षमा उमेश घिमिरे, सचिवमा डिल्लीप्रसाद ढकाल, सहसचिवमा पुष्प तिम्सिना,शान्ता उप्रेती दाहाल,यादवचन्द्र खडका, यादवमणी दाहाल,गोविन्द थापा, कोषाध्यक्षमा सन्तोष उप्रेती र सहकोषाध्यक्षमा चन्द्रप्रसाद अधिकारी चयन भएका छन् ।
महासंघका केन्द्रीय अध्यक्ष भगिरथ सापकोटा प्रमुख आतिथ्यता रहेको अधिवेशनमा विशिष्ट अतिथिहरूमा नेकपा एमाले स्थायी कमिटी सदस्य शेरधन राई, कोशी प्रदेश अध्यक्ष घनश्याम खतिवडा लगायत अन्य नेताहरूको उपस्थिति रहेको थियो।
अधिवेशनले प्रदेशका उद्योग र व्यवसाय क्षेत्रका समस्या समाधान गर्दै क्षेत्रीय विकासमा टेवा पुर्याउने उद्देश्यका साथ योजनाबद्ध रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेको छ।





















