काठमाडौं—पार्टी विभाजनमा नेकपा एकीकृत समाजवादीतिर लागेका रुपन्देहीका प्रभावसाली युवा नेता राजु गुरुङ नेकपा एमालेमै फर्किएका छन् । गुरुङले एमालेको सदस्यतासमेत नविकरण गरि सकेका छन् ।
नेकपा बिभाजनका बेला माधव नेपाल समुहमा लागेर नेकपा एकिकृत समाजबादीको केन्द्रीय सदस्यसमेत बनेका गुरुङ पछिल्लोफर्किएका छन् एक वर्ष यता उक्त पार्टीमा समेत असन्तुष्टि जनाउदै अलग भएको घोषणा गरेका बुधबार एमालेमै फर्किएका हुन् ।
‘मैले नेकपा एमालेमा असन्तुष्टि जनाउदै बिचलित भएर माधव नेपालको पक्षमा लागेको थिए । आज बालुवाटरमा एमाले अध्यक्ष कमरेड केपी शर्मा ओलीसंग भेटर सदस्यता नविकरण गर्छु भनेको छु। उहाँले स्वागत गर्छु भन्नुभयो,’ गुरुङले भने।
गुरुङले उपाध्यक्ष बिष्णु पौडेल र महासचिव शंकर पोखरेलसंगको सल्लाहमा अध्यक्ष केपी ओलीसंग भेटेर आफ्ना कुरा राखेको बताए ।
‘अव नेपालको कम्युनिष्ट आन्दोलन बिभाजित होईन, संगठित गर्नुपर्छ । म तपाईको निर्देशनमा काम गर्छु, जिम्मेवारी दिनुस भनेको छु । उहाँले तपाई जत्तिको राजनितीक मान्छे बिचलित हुने होईन, सदस्यता नविकरण गर्नुस भन्नुभयो,’ गुरुङले भने ।
विद्यार्थीकाल देखि अनेरास्ववीयुबाट राजनितीक यात्रा सुरु गरेका गुरुङ बुटवल बहुमुखी क्याम्पसको स्ववीयु सभापती, युवा संघ नेपालको रुपन्देही अध्यक्ष, केन्द्रिय उपाध्यक्षसमेत रहेका थिए ।




















