काठमाडौ—त्रिभुवन विश्वविद्यालयअन्तर्गत पद्मकन्या क्याम्पसमा भएको चुनावमा नेपाल विद्यार्थी संघ (नेविसंघ)का आधिकारिक उम्मेदवारलाई पराजित गर्दै स्वतन्त्र उम्मेदवार भूपेश्वरी ऐर सभापतिमा विजयी भएकी छन्। ऐरले ७३० मत पाएकी छन् ।

नेविसंघकी पूर्णिमा परियारलाई पराजित गर्दै ऐर विजयी बनेकी हुन् । यस्तै सचिव संन्ध्या बस्यालले ६९५ र कोषाध्यक्ष संकल्पिका थापाले ६६६ मत पाएर विजयी भएका छन् ।

यस्तै सदस्यहरु उर्वशी पाण्डे ६९४, चेतना महर्की ६८६, अस्मिता विक ६८०, स्वस्तिका विष्ट ६८०, आशु चौधरी ६७८, आकृति पाण्डे ६७६, निशा कार्की ६७४, र यानसु कटवलाले ६७२ मत पाएका छन् ।