बेलबारी—मोरङको बेलबारी बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा अखिल क्रान्तिकारी विजयी भएको छ । आज (शनिबार) भएको निर्वाचनमा स्ववियु अध्यक्षको उम्मेदवार रहेका क्रान्तिकारीका कपिल विष्ट विजयी भएका हुन् ।
स्ववियु अध्यक्षको उम्मेदवार रहेका नेकपा एमाले निकट अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित भएका हुन् । स्ववियुको सचिवमा भने अनेरास्ववियुका अर्जुन कोइराला विजयी भएका छन् । कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित भएका छन् ।बेलबारी क्याम्पसमा
बेलबारी बहुमुखी क्याम्पस स्ववियु निर्वाचन- २०८१
खसेको मत - ३७१
मतगणना सम्पन्न
समय: ८:४० बजे
अध्यक्ष पद
१. प्रशान्त पोख्रेल - १६१
२. कपिल विष्ट - १९५ (विजयी)
सचिव पद
१. अर्जुन कोइराला - १८३ (विजयी)
२. दिपेन्द्र राई - १७०
कोषाध्यक्ष पद
१. शंकर थापा - १६८
२. नवराज थापा - १८२ (विजयी)
सदस्य पद
१. मनिका विष्ट - १४७
२. निराजन प्रसाई - १६३
३. विनु भण्डारी - १५३
४. शुभहाङ राई - १३८
५. दिलाशा बस्नेत - १२८
६. हिमाल आले नगर - ८७
७. सोहन लिम्बू - १७९ (विजयी)
८. ओम प्रतीक चौधरी - १६७ (विजयी)
९. विक्रम तामाङ - १६८ (विजयी)
१०. निकेश सुवेदी - १७६ (विजयी)
११. सलन राई - १७४ (विजयी)
१२. सुस्मिता थापा - १६५ (विजयी)




















