काठमाडौं—सरकारले पूर्वराजा ज्ञानेन्द्र शाहको राहदानी रद्द गर्ने प्रक्रिया अघि बढाएको छ। उच्च सरकारी स्रोतका अनुसार शुक्रवारको हिंसात्मक आन्दोलनको निर्देशन उनैबाट भएकोले छानविन थालिएपछि विदेश भाग्ने आशंकामा राहदानी रद्द गर्ने प्रक्रिया अघि बढेको हो ।

स्रोतले नेपाल प्रेसमा जनाएअनुसार शुक्रबारको हत्या, आगजनी, र लुटपाटका फिल्ड कमाण्डर दुर्गा प्रसाईँ भए पनि उनलाई अघिल्लो दिन निर्देशन दिने र आर्थिक स्रोत जुटाउने व्यक्ति ज्ञानेन्द्र शाह भएको प्रमाण फेला परेको छ।

सरकारमाथि ज्ञानेन्द्रलाई कारवाही गर्न विपक्षी दलहरुबाट पनि दबाब बढिरहेको छ । यस्तोमा उनी अनुसन्धान थालिएपछि विदेश भाग्न सक्ने आशंकामा पासपोर्ट रद्द गर्न लागिएको हो । यो प्रक्रिया अघि बढिसकेको छ ।